Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सगरमाथा संवाद कार्यक्रमको कार्यतालिका सार्वजनिक

नुवाकोट पुकार २ चैत्र २०८१, आईतवार २०:०९

काठमाडौँ । सरकारले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । 

सगरमाथा संवादको सचिवालयले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी जेठ २ गतेदेखि ४ गते सम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रम तालिका सार्वजनिक गरेको हो । 

सगरमाथा संवादको पहिलो दिन अर्थात् ज्येष्ठ २ गते उद्घाटन सत्रसहित हिमाली क्षेत्र र हिमनदी संरक्षणलाई उच्च पहाडी क्षेत्र र समुद्री टापुहरूको भविष्यसँग जोड्दै यस क्षेत्रमा तत्काल लिनुपर्ने पहल बारे छलफल हुनेछ । 

यसैगरी सगरमाथा संवादमा खाद्य सुरक्षा तथा कृषि पुनरुत्थान, जलवायुजन्य प्रकोप तथा जोखिम न्युनिकरण र पुनरुत्थान, हिमाली क्षेत्रमा पुगेको क्षति न्युनिकरणका लागि भइरहेका प्रयासबारे छलफल हुने सगरमाथा संवाद सचिवालयले जनाएको छ । 

पत्रकार सम्मेलनमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले जलवायु परिवर्तनसँग जोडिएका हिमालसम्बन्धी मुद्दाहरूमा नेपालले नेतृत्व लिने गरी सगरमाथा संवादलाई अघि बढाएको बताउनुभयो । 

मुख्य सचिव अर्यालले सगरमाथा संवादलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिई परराष्ट्र नीतिकै अङ्गका रूपमा विकास गर्दै जाने र भविष्यमा आवश्यकता अनुसार मुद्दाहरू परिवर्तन गर्दै लैजाने पनि बताउनुभयो ।

Continue Reading

Previous: ललितपुरका मुख्य स्थानमा पनि निषेधाज्ञा जारी
Next: देशका केही स्थानमा आज पनि हावाहुरी र वर्षाको सम्भावना

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार