काठमाडौं, असार १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको औपचारिक लोगो सार्वजनिक गरेको छ।
चितवनमा आगामी असार ७ देखि ९ गतेसम्म आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको लोगो बुधबार सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको लोगोमा निलो पृष्ठभूमिमा सेतो अक्षरमा ‘प्रथम राष्ट्रिय महाधिवेशन’ लेखिएको छ। लोगोको डिजाइनमा ‘महाधिवेशन’ शब्द लेख्ने क्रममा ‘ध’ मा इकार र ‘व’ मा एकार प्रयोग गरी पार्टीको चुनाव चिन्ह ‘घन्टी’ झल्किने गरी कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
रास्वपाले लोगोमार्फत महाधिवेशनको पहिचानलाई थप प्रभावकारी बनाउनुका साथै पार्टीको चुनाव चिन्हलाई समेत सिर्जनात्मक रूपमा समेट्ने प्रयास गरेको जनाएको छ।
पार्टीको पहिलो महाधिवेशन चितवनमा हुने तय भएको छ, जहाँ देशभरबाट प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। महाधिवेशनले पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नेतृत्व चयनसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्ने विश्वास गरिएको छ।
नुवाकोट पुकार




तपाईको प्रतिक्रिया दिनुहोस्