क्षेत्रपाल माविको कक्षा १२ मा शतप्रतिशत नतिजा, सबै विद्यार्थी ग्रेडेड

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ५, शुक्रबार १२:०१


नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८३ साल वैशाख महिनामा सञ्चालित कक्षा १२ को परीक्षामा लिखु ४ चाैघडामा रहेको क्षेत्रपाल माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको छ।


विद्यालयका प्रधानाध्यापक हरि प्रसाद सुवेदीका अनुसार यस वर्ष नियमिततर्फ परीक्षामा सहभागी १८ जना विद्यार्थी सबैजना ग्रेडेड हुन सफल भएका छन्। विद्यालयले कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि कायम गरेको हो।
यस सफलताप्रति विद्यालय परिवारले सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।


विद्यालयले यस उपलब्धिका लागि अहोरात्र खटिने सम्पूर्ण विषय शिक्षकहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक-अभिभावक सङ्घ, आदरणीय अभिभावकहरू तथा विद्यालयको उन्नयनमा सकारात्मक भूमिका निर्वाह गर्ने सबै सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।


विद्यालयका प्रअ सुवेदीले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *