Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

किवानिज अन्तराष्ट्रिय एसिया प्रसान्त क्षेत्रको ५० ओैं राष्ट्रिय सम्मेलन,न्यौपानेद्धयको सहभागिता

नुवाकोट पुकार १० चैत्र २०८१, सोमबार २१:०९ 1 min read


किवानिज अन्तराष्ट्रिय एसिया प्रसान्त क्षेत्रको ५० ओैं राष्ट्रिय सम्मेलन भब्यताकासाथ काओंसिङ सहर ताइवानमा सम्पन्न भएको छ । यही चैत्र १ गते देखी ३ गते सम्म भब्याताका साथ सम्पन्न भएको हो ।

किवानिज अन्तराष्ट्रिय संस्था बालबालिकाहरूको सेवामा काम गर्ने बिसुद्ध सामाजिक संस्था हो । सन् २०१५ मा नेपालमा स्थापित यो संस्थामा १२८ वटा बिभिन्न क्लबहरू मार्फत झण्डै दुई हजार सदस्य हुनुहुन्छ भने किवानिज नेपाल डिष्ट्रिक्ट (K69) को कार्यलय काठमाण्डौं -४, बालुवाटारमा रहेको छ हरेक वर्षमा नेतृत्व परिवर्तन हुने यो संस्था को अध्यक्ष एवं District Governor मा मनिषा बिमली हुनुहुन्छ । बिश्वका ८८ राष्ट्रहरूमा फैलिएको छ र यसको मूख्य कार्यालय अमेरिकाको इन्डियाना मिनियापोलिसमा रहेको छ ।

हरेक बर्ष आयोजना हुने किवानिज एशिया प्रशान्त क्षेत्रको सम्मेलन ( ASPAC Convention) यस बर्ष ताइवानमा आयोजना गरिएको थियो किवानिज नेपाल डिष्ट्रिक्ट का गभर्नर श्री मनिषा बिमलीको नेतृत्वमा बिभिन्न क्लबबाट ७७ जना नेपालीहरू ले भाग लिनु भएको मध्ये किवानिज क्लब अफ ककनी स्ट्रबेरी का सदस्य एवं राष्ट्रिय भुमि समस्या समाधान आयोग नुवकाोट का अध्यक्ष अर्जुन प्रसाद न्यौपाने र किवानिज क्लब अफ कान्तिपरका पूर्ब अध्यक्ष एवं किवानिज नेपाल डिष्ट्रिक्टका कोषाध्यक्ष राजन प्रसाद न्यौपानेले सहभागिता जनाउनु भएको थियो !

उक्त अवसरमा किवानिज नेपाल डिष्ट्रिक्ट (K69) डिष्ट्रिक्ट गभर्नर मनिषा बिमली ज्यूबाट ताइवान का महामहिम राष्ट्रपति, उपराष्ट्रपति, परराष्ट्रमन्त्री, काओसिङ सहर का मेयर लगायत बिभिन्न राष्ट्रबाट प्रतिनिधित्व गरि आउनु भएका बिशिष्ट किवानिज नेतृत्वहरू संग भेटघाट गर्ने अवसर प्राप्त गर्नुभएको थियो भने नेपालबाट जाने प्रतिनिधिहरू नेपाली राष्ट्रिय पोशाक दौरा सुरूवाल र ढाका टोपीमा सजिएर कार्यक्रममा भाग लिनु भएको थियो भने गभर्नर मनिषा बिमली ज्यूबाट किवानिज नेपाल डिष्ट्रिक्ट को प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो र कार्यक्रम प्राङ्गणमा किवानिज नेपाल डिष्ट्रिक्ट (K69) को स्टल राखिएको थियो उक्त स्टलमा किवानिज नेपाल डिष्ट्रिक्ट अन्तर्गत रहेका बिभिन्न क्लबहरूले बालबालिकाहरूको सेवामा गरेका क्रियाकलापहरू समाबेश गरिएका चित्रहरू, नेपाल र नेपाली चिनाउने ढाकाटोपी, नेपालको नक्सा अंकित बिभिन्न सामाग्रिहरू, खुकुरी लगायत अन्य कुराहरू राखिएको थियो र स्टल अवलोकन गर्न आउनेहरूको भिड नै लागेको थियो र उक्त कार्यको मुल्याङ्कन को आधारमा अन्य देशको तुलनामा नेपाल पहिलो भएको र किवानिज एसिया प्यासिफिकले उत्कृष्ट प्रदर्शनी पुरस्कार बाट समेत सम्मान गरेको छ ।

सम्मेलन को अन्तिम दिन सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको थियो र उक्त कार्यक्रममा बिभिन्न राष्ट्रहरूले भाग लिनु भएकोमा नेपाल ले दोश्रो स्थान जित्न सफल भएको थियो र किवानिज नेपाल डिष्ट्रिक्टले किवानिज इन्टरनेशनल का अध्यक्ष श्री लिई कौन योन, निर्बाचित अध्यक्ष श्री माइकेल मुलाहल, किवानिज इन्टरनेशनल ट्रष्टी ह्सु चाङ्-चिङ् इन्टरनेशनल ट्रष्टी एवं किवानिज नेपाल डिष्ट्रिक्ट का पूर्ब गभर्नर मोहन लम्साल, एसिया प्यासिफिक चियर हुयाङ्ग वुई-टिन र नेपाल डिष्ट्रिक्टका संस्थापक अध्यक्ष एवं निबर्तमान एस्प्याक चियर सुजन कुमार श्रेष्ठ ज्यूलाई गभर्नर मनिषा बिमलीले बिशेष सम्मान गर्न भएको थियो भने अन्य किवानिज इन्टरनेशनल नेतृत्वहरूलाई नेपाली पश्मिना सल, ढाकाटोपी लगाई सम्मान गर्नु भएको थियो र अर्को बर्ष फिलिपिन्समा हुने कार्यक्रमलाई गभर्नर मनिषा बिमलीबाट फिलिपिन्स को राष्ट्रिय झण्डा फहराएर कार्यक्रम लाई स्वागत गर्नुभयो ।

Continue Reading

Previous: कुलमानलाई हटाउने सरकारको निर्णय
Next: प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार