Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नेपाल वित्तीय संस्था कर्मचारी संघको प्रभातफेरि कार्यक्रम सम्पन्न

नुवाकोट पुकार २१ चैत्र २०८१, शुक्रबार १४:४८

काठमाडौं, चैत २२ . नेपाल वित्तीय संस्था कर्मचारी संघले आफ्नो ३५औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको भृकुटीमण्डपमा सम्पन्न प्रभातफेरि कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख अतिथि थिए ।

संघका अध्यक्ष पदमराज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य संजय गौतम विशिष्ट अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत विशेष अतिथिको रुपमा सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि र अन्य अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

संघले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था÷कर्मचारीमाथिको आक्रमण रोक्न र समस्त वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ । त्यसैगरी संगठित हुने, सामूहिक सौदाबाजी गर्ने श्रमिकको मौलिक अधिकार सुनिश्चित गर्न र काम गर्ने समय÷विश्राम÷सुरक्षासम्बन्धी श्रम ऐनको व्यवस्था कार्यान्वयन गर्न पनि आग्रह गरेको छ ।

आयकर छुटको सीमा वृद्धि गर्नुपर्नेमा जोड दिएको संघले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्न भनेको छ ।

नीति निर्माणमा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्न, राजनीतिक हस्तक्षेप बन्द गर्न र श्रम ऐन कानूनको पूर्ण कार्यान्वयन गर्न पनि संघले माग गरेको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएओ) अभिसन्धी नम्बर ८७ अनुमोदन गर्न माग गरेको संघले सुमधुर औद्योगिक वातावरण निर्माण र बढ्दो महँगी नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।

Continue Reading

Previous: प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिव बिच भेटवार्ता
Next: बैङ्कक सोचपत्र २०३० जारी गर्दै बिम्स्टेक शिखर सम्मेलन सम्पन्न

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार