Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

त्रिशुली सहकारीले मनायो २५ औं स्थापना दिवस

नुवाकोट पुकार २९ चैत्र २०८१, शनिबार १६:०४


विदुर । नुवाकोट जिल्लाको अग्रणी सहकारी संस्था त्रिशुली बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । विदुर नगरपालिका वडा नं १ त्रिशुली बजारमा रहेको उक्त सहकारीले यहि चैत्र २७ गते विभिन्न कार्यक्रम आयोजना गर्दै स्थापना दिवस मनाएको हो ।

सहकरारीका अध्यक्ष हरिलाल श्रेष्ठले दिनुभएको जानकारी अनुसार पहिलो चरणमा सहकारीको कार्यालयमा शुभकामना आदान प्रदानकासाथ भित्ते पात्रो विमोचन गरिएको थियो । यस्तै सोही दिन विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्लाको एकमात्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका लागि पानी प्रशोधन गर्ने मेशिन हस्तान्तरण गरिएको थियो । सोही दिन अर्को एक कार्यक्रममार्फत त्रिशुली बजारमा रहेकोे राममन्दिरमा निर्माण गरिएको कलात्मक गेट मन्दिरका पूजारीलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै कार्यक्रमको अन्त्यका शेयर सदस्यहरुबीच नियमित बचत गर्ने विषयमा अन्तर्रक्रियात्क कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमसँगै बजार क्षेत्रमा सहकारीले प्रकाशन गरेको भित्ते पात्रो समेत वितरण गरिएको थियो । अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष हरिलाल श्रेष्ठले पछिल्लो समय देशभरका सहकारीहरु अप्ठेरो अवस्थामा पुगेपनि त्रिशुली बचता तथा ऋण सहकारी संस्थाले नियमित रुपमा आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्दै आएको बताउनुभयो । उहाँले त्रिशुली सहकारी कुनै पनि समस्यामा नभएको र बचतकर्ताको रकम सुरक्षित रहेको भन्दै थप बचत तथा लगानीका लागि बचतकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष राजेन्द्र अमात्य,सचिव राजेश श्रेष्ठ, कोषाध्यक्ष हरिचन्द्र अमात्य, सदस्य धनबहादुर श्रेष्ठलगायत शेयर सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । नुवाकोट जिल्लाको वचत तथा लगानी र आम्दानीका हिसाबले दोस्रो सहकारीका रुपमा स्थापित उक्त सहकारीले जिल्लाकै बेलकोटगढी नगरपालिकास्थित वडा नं ७ महादेवफाँटमा पनि आफ्नो सदस्यता सेवा केन्द्र सञ्चालन गरेको छ ।

यस्तै आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तरगत शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकारीले महत्वपूर्ण योगदान गर्दै आएको छ । सहकारीले त्रिशुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस्तै सहकारीले शेयर सदस्यका छोराछोरीलाई उच्च शिक्षा अध्यययनका लागि सहुलियतमा ऋण उपलब्ध गराउनेदेखि अध्ययनका लागि सहयोग समेत गर्दै आएको छ ।

जिल्लाको प्रशिद्ध धार्मिक तथा ऐतिहासिक स्थल दुप्चेश्वर मन्दिर तथा देवीघाटमा रहेको जालपनादेवी मन्दिरको संरक्षण तथा प्रचारका लागि पनि सहयोग गर्ने साधारणसाले निर्णय गरिसकेको छ । सहकारीको यो सामाजिक भावनाप्रति बचतकर्ता तथा शेयर सदस्यहरुले उच्च प्रशंसा गरेका छन् ।

Continue Reading

Previous: कांग्रेस सभापति देउवाले सच्याए आफ्नो बोली
Next: एमाले निकट शिक्षक संगठनको अध्यक्षमा दवाडी

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४

छुटाउनु भयो कि ?

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति

२६ असार २०८२, बिहीबार २१:१७
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

२६ असार २०८२, बिहीबार १८:४३
पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

पहिरोले तातोपानी नाका सडक पूर्ण बन्द

२६ असार २०८२, बिहीबार १०:२४
ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

ल्हेन्देखोला बाढीको प्रभाव ः गल्छी गाउँपालिकाको सोतीबट्टार फाँटको ५० रोपनी भन्दा बढि खेत र काजिल फर्म बगायो, किसानहरु पीडामा

२६ असार २०८२, बिहीबार ०९:२४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार