
विदुर । नेकपा एमाले निकट शिक्षकहको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको अध्यक्षमा राजेन्द्र दवाडी निर्वाचित भएका छन् । संगठनको चौधौँ अधिवेशनबाट दवाडी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
दवाडी त्रिभुवन त्रिशुली माविका सहायक प्रधानाध्यापक हुन । यस्तै अधिवेशनबाट उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल,महिला उपाध्यक्षमा सुमित्रा पौडेल,सचिवमा हरि प्रसाद लामिछाने ,सह सचीवमा दुर्गा भट्ट ,कोषाध्यक्षमा दयाराम दाहाल र सह कोषाध्यक्षमा लक्ष्मी लामा चयन भएको जनाइएको छ ।
नुवाकोट जिल्लामा शिक्षक संगठनमा झण्डै एक हजार भन्द्या बढि शिक्षकहरु रहेका छन् । नवनिर्वाचित अध्यक्ष दवाडीले शिक्षकहरुको हकहितकासाथ जिल्लामा गुणस्तरीय शिक्षाको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।