Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राप्रपाले वैशाख ७ मा काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

नुवाकोट पुकार ४ बैशाख २०८२, बिहीबार २०:०७

काठमाडौँ, वैशाख ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । उहाँले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार बैठकले पार्टी सङ्गठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उहाँले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा सङ्गठन मजबुत बनाउँदै आन्दोलन केन्द्रित गर्ने पनि निर्णय भएको बताउनुभयो । उहाँले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरूको रिहाइका लागि राजनीतिक एवम् कानुनी लडाईं सशक्त रूपमा अगाडि लैजाने निर्णय भएको बताउनुभयो ।

‘‘आज बसेको हाम्रो पार्टी कार्य सम्पादन समितिको बैठकले पार्टी सङ्गठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यसक्रममा यही वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेका छौं । त्यसैगरी वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनहरूको कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ । उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र सङ्गठनलाई अझै मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने निर्णय गरेको छ ।,’’ अध्यक्ष लिङदेनले भन्नुभयो, ‘‘पक्राउ परेका हाम्रा पार्टीका नेताहरूलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी र राजनीतिक लडाईंलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय भएको छ । र राष्ट्रिय प्रजातन्त्र पार्टीका आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी बनाउने समेत निर्णय भएको छ ।’’

उहाँले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताउनुभयो । आन्दोलनका थप कार्यक्रम पछि तय गरिने उहाँको भनाइ छ ।

Continue Reading

Previous: आजदेखि तीन दिनसम्म पानी पर्ने
Next: एआइजी बढुवाको लागि ६ जनाको नाम सिफारिस

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार