Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

देश विकासमा मतभेद नराखौँ : प्रधानमन्त्री ओली

नुवाकोट पुकार ५ बैशाख २०८२, शुक्रबार १७:५९

चितवन, वैशाख ५ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासमा मतभेद नराख्न आग्रह गर्नुभएको छ। भरतपुर पुलचोक–गोन्द्राङ–६ लेन सडकको आज यहाँ उद्घाटन गर्दै उहाँले सबैलाई विकासमा केन्द्रित हुन आग्रह गर्नुभएको हो। 

प्रधानमन्त्री ओलीले भैरहवा, वीरगन्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने यहाँको सडक एसियाली मापदण्डअनुसार नमुना बनाइएको र पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो। सरकारको आफ्नै लगानीमा यो सडक बनाइएको उहाँले उल्लेख गर्नुभयो। 

प्रधानमन्त्री ओलीले विकासमा राजनीति गर्न नहुनेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अहिले चुनाव लाग्या पनि छैन र अहिले चुनाव प्रचार गर्नु पर्‍या पनि छैन। त्यतापट्टी गइहाल्नुपर्ने आवश्यकता पनि छैन”, उहाँले थप्नुभयो, “म आग्रह गर्न चाहान्छु सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन। विकासमा ध्यान दिउँ। हामीले एक भएर देश बनाउनुपर्ने छ। मतभेदमा होइन एकतामा जोड दिउँ।” 

विचारमा विविधता हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले देशको विकास गर्ने कुरामा मतभेद नराख्न आग्रह गर्नुभयो। “देशको विकास गर्नैुपर्छ। हामी सबै मिलेर विकास गर्ने हो। कोही आएर हाम्रो देश बनाउँदैन। आफ्नो बलमा राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “डेमाेक्रेसीलाई बलियो पार्ने, विकास गर्ने र सुशासनलाई बलियो बनाउने कुरामा एकजुट भएर अघि बढ्न फेरि पनि आग्रह गर्छु।” देश विकासका लागि स्थिरता चाहिने भन्दै उहाँले दुई ठुला दल मिलेर सुशासन र विकासमा लागेको बताउनुभयो। 

देश अनेक उतारचढावबाट चल्दै आए पनि २०४७ सालपछि भौतिक पूर्वाधारका क्षेत्रमा फड्को मारेको बताउनुभयो। उहाँले भन्नुभयो, “विकासले गति लिएको छैन भन्ने कुरा होइन। विकासमा काफी प्रगति भएको छ, थप प्रगति गर्न आवश्यक छ।” भौतिक निर्माणका क्रममा एकैपटक सबै काम गर्नुपर्नेमा जोड दिँदै उहाँले बनाउने र भत्काउने काम गर्न नहुने बताउनुभयो। 

प्रधानमन्त्री ओलीले चितवन जिल्ला त्रेतायुगदेखि नै ऐतिहासिक महत्त्व बोकेको जिल्ला भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “राम जन्मेदेखिको लामो इतिहास छ। यो वास्तवमा एउटा सभ्यताको सुरुआत भएको भूभाग हो।” 

नारायणगढको पुलचोकदेखि भरतपुरको गोन्द्राङसम्मको यो सडक निर्माणका लागि २०७७ साल असोज २६ गते इन्डाे सगुन जेभीसँग सम्झौता गरिएको थियो। सडकको सोही वर्ष माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यास गर्नुभएको थियो। सडक एक अर्ब १३ करोड ३५ लाख ३४ हजारमा निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इ. कृष्ण आचार्यले जानकारी दिनुभयो।  

छ दशमलव ०८ किलोमिटर सडक ५० मिटर चौडा रहेको छ भने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्टलाइट जडान र बिजुली भूमिगत गरिएको छ। चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी पुँगी खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा जानेगरी ड्रेन तयार गरिएको आचार्यले जानकारी दिनुभयो।   

गोरखापत्र अनलाइनबाट

Continue Reading

Previous: एआइजी बढुवाको लागि ६ जनाको नाम सिफारिस
Next: कक्षा १२ को परीक्षा सरेको छैन ः राष्ट्रिय परीक्षा बोर्ड

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार