
काठमाडौं, ६ बैशाख । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको हो । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी हुनुभएको छ । महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित हुनुभएको छ ।
सचिवमा उर्बशी बस्न्यात १०७ मतसहित विजयी हुनुभयो। सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित हुनुभयो। राइले १०३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित हुनुभयो । तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित हुनुभएको छ। सञ्चारिका समूहको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो ।अधिवेशनको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुड.ले उद्घाटन गर्नुभएको थियो ।