Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटमा बागमती प्रदेश मुख्यमन्त्री कप सुरु , पहिलो खेलमा सङ्कटा फुटबल क्लबको जीत

नुवाकोट पुकार १३ बैशाख २०८२, शनिबार २०:२३

विदुर । नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनमा भएको प्रतिगीयोगिताको उद्घाटन खेलमा सङ्कटा फुटबल क्लबले विभागिय समुह त्रिभुवन नेपाल आर्मी फुटबल क्लबलाई ३ । १ गोल अन्तरले हरायो ।

खेलको पहिलो हाफमा नेपाल आर्मीकी लिला चन्द र सङ्कटाकी पूर्णिमा राईले आफ्नो टिमबाट १,१ गोल गरिन् ।दोस्रो हाफको अन्तिम समयमा सङ्कटाकी पूर्णिमा राई र जेनिफा रानामगरले थप १र१ गोल गर्दै आफ्नो समुहलाई जित दिलाईन् ।खेलमा पूर्णिमा राई म्यान अफ दि म्याच भईन् । उनले नगद पाँच हजार रुपैँया पुरस्कार प्राप्त गरिन् । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा वैशाख १३ गतेदेखि २० गतेसम्म हुनेछ ।

नुवाकोट जिल्ला फुटबल संघ आयोजक र विदुर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको विभागिय समुहका साथै पद्मा स्पोर्ट्स क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, रौतहट फुटबल क्लब र गण्डकी प्रदेश फुटबल क्लबलगायत समुहको सहभागिता रहेको छ ।

यसअघि आज नै प्रतिगीयोगिताको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश मुख्यमन्त्री मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सम्बोधन गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आफू प्रदेश सरकारको नेतृत्वमा आएपछि जिल्लामा उल्लेख्य बजेट ल्याइएको स्मरण गराउनुभयो। विकास निर्माणमा आएको बजेटले नुवाकोटको समग्र विकासमा टेवा पुर्‍याएको उहाँको भनाई थियो ।

आयोजकहरुका अनुसार प्रतियोगिताका विजेता र उपविजेता ५ लाख र दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त गर्ने नुवाकोट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो । यस्तै सबै खेलको म्यान अफ द म्याच खेलाडीले पाँच हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडिलाई १० हजार रुपैँया नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Continue Reading

Previous: डंगोलको निधनप्रति सभापति देउवाद्धारादुःख व्यक्त
Next: सरकार ढल्छ भन्नेहरू गल्न थालेका छन् : प्रधानमन्त्री ओली

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार