Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वर्षाको सम्भावना भोलिसम्मै

नुवाकोट पुकार १५ बैशाख २०८२, सोमबार ०८:०५

सांकेतिक ,फाइल तस्बिर

काठमाडौँ । देशका विभिन्न स्थानमा आउँदो मङ्गलबारसम्म हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने भएको छ । आइतबारदेखि देशव्यापी रूपमा बदलीसहित सुरु भएको हल्का वर्षा सोमबार र मङ्गलबारसम्म पनि विभिन्न भूभागमा कायम रहने भएको हो । अत्यधिक तातो बढेका बेला भएको बदली र वर्षाले आमनागरिकलाई गर्मीबाट राहत पुगेको छ । 

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार आइतबार देशका अधिकांश भूभागमा बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । मौसमविद् गोविन्द झाका अनुसार आइतबारदेखि नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव बढेको छ । साथै बङ्गालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा गराउन मद्दत पुर्‍याएको छ । 

वर्षाले चिस्यान हल्का बढाए पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा गर्मीको अवस्था कायम रहेकाले सतर्कता अपनाउन भनिएको छ । कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा अन्यत्रभन्दा राम्रो वर्षा हुने र गड्याङगुडुङसहित चट्याङ पर्ने सम्भावना भएकाले सचेत रहन विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

सोमबार पनि कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षा हुने सम्भावना छ । मङ्गलबार पनि यी तीन प्रदेशसहित लुम्बिनी प्रदेशमा हल्का वर्षा हुने छ । उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिनुभयो । बुधबारदेखि भने अधिकांश भूभागमा हल्का सुधार देखिए पनि केही भेगमा बदली र हल्का वर्षा कायम रहने जनाइएको छ ।   

Continue Reading

Previous: प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूलाई प्रधानमन्त्री ओलीको प्रश्न: प्रमाणित गर्न सक्छन् ?
Next: घरायसी ग्राहकलाई कुनै प्रकारको लोडसेडिङ नहुने प्राधिकरणको स्पष्टोक्ति

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार