Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थी मृत भेटिएको विषयमा छानविन गर्न सभामुखको निर्देशन 

नुवाकोट पुकार २२ बैशाख २०८२, सोमबार १३:४२

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । 

सभामुख घिमिरेले अध्ययनका लागि बिदेसिएका विद्यार्थीहरूको एकपछि अर्को घटनाले राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको विषय भएको भन्दै सरकारलाई यस घटनाको सत्यतथ्य पत्तालगाउन, सम्बन्धित पक्षसँग संवाद अघि बढाउन र परिवारलाई न्यायिक सहयोग गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।  

बैठकको आकस्मिक समयमा सांसदहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत भेटिएको विषयमा निष्पक्ष छानविन गर्न माग गर्नुभयो । 

सांसदहरु देवेन्द्र पौडेल, डा. अमरेशकुमार सिंह, रामकृष्ण यादव, निर्मला कोइराला,  लगायतका सांसदले प्रिसा साह र केही समयम अघि मात्रै प्रकृति लम्सालको भारतको किट विश्वविद्यालयमा भएको घटना सामान्य नभएको भन्दै निष्पक्ष छानविन गर्न माग गर्नुभयो । 

सांसदहरु लालविर चौधरी र महन्थ ठाकुरले पूर्व सांसद रेशम चौधरीलाई अपहरण शैलीमा पक्राउ गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै फर्जी पुर्जी काटिएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न माग गर्नुभयो ।

बैठकमा सांसद सिताकुमारी लामाले दैलेखमा चट्याङबाट नागरिकलाई सुरक्षित गराउन पूर्व सङ्केतको व्यवस्था गर्न र सांसद विन्दवासिनी कंशारले हेटौडा उपमहानगर पालिका गैरी गाउँमा माछा बोक्ने गाडी भासिएर हराएको र पानी भरिएपछि गाडी नभेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जमिनको अवस्था अध्ययन गरी घटना दोहोरिन नदिन माग गर्नुभयो ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु हुने कार्यसूची रहेको छ ।

Continue Reading

Previous: ९५ लाख नगद सहित चार जना पक्राउ
Next: नीति तथा कार्यक्रम यर्थाथभन्दा निकै टाढा: अध्यक्ष दाहाल

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार