Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पारामाउण्ट एकेडेमीमा प्रि–प्राइमरी दीक्षान्त समारोह सम्पन्न

नुवाकोट पुकार २३ बैशाख २०८२, मंगलवार १५:३६

काठमाडौं, राजधानीको टोखा नगरपालिका वडा नं ८ बानियाँटारमा रहेको पारामाउण्ट एकेडेमीर पीए कलेजले प्रि–प्राइमरी तहको दीक्षान्त समारोह सम्पन्न गरेको छ ।संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका नेता जगदीश्वरनरसिंह के.सी.को प्रमुख आतिथ्य र विद्यालयका प्रिन्सिपल मुकुन्दप्रसाद सिटौलाको सभापतित्वमासम्पन्न भएको थियो ।

विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह के.सी.ले यस विद्यालयलले प्रि–प्राइमरी स्तरको समेत दीक्षान्त समारोह आयोजना गरेर राम्रो कामको सुरुवात गरेको बताउनुभयो । प्रमुख अतिथि के.सी.ले विद्यालयमा आयोजना गरिने यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीहरूमा उत्साह र जाँगर भर्ने, शिक्षक तथा कर्मचारीहरूलाई सधैँ क्रियाशील बनाइराख्ने र अभिभावकहरूमा आफ्ना नानीबाबुहरूले प्राप्त गरेका सिप र क्षमताको साथै विद्यालयका विविध गतिविधि बारेमा जानकारी हुने कुरा बताउनुभयो । उहाँले विद्यालयका बारेमा कुनै जिज्ञासा वा गुनासाहरू भए प्रिन्सिपल वा व्यवस्थापन समितिमा आएर निर्धक्क भन्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा आयोजक पारामाउण्ट एकेडेमीरपीए कलेजका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेले विद्यालय २२ औँ वर्षमा पुगेको अवसरमा साना विद्यार्थी भाइबहिनीहरूमा हौसला, उमङ्ग, जोस, जाँगर ल्याउन आज हामीलाई विशेष साइत जुरेको बताउनुभयो । प्रिन्सिपल पाण्डेले अभिभावकहरूको निरन्तरको यो लामो मायाँ, साथ र सहयोगले आज हामी हाम्रा ससाना भाइबहिनीहरूलाई एउटा फड्को मार्ने, एउटा पुल तार्ने काम गरिरहेका छौँ, भन्नुभयो । उहाँले विद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन विद्यालयका शिक्षकरशिक्षिका साथीहरू, मर्कचारी मित्रहरू र विद्यार्थी भाइबहिनीहरूको पनि अनवरत रूपमा महत्वपूर्ण भूमिका र सहयोग, सद्भाव रहेको छ, भन्नुहुँदै सहयोगी सबैमा हार्दिक धन्यवाद पनि व्यक्त गर्नुभयो । सभापति पाण्डेले विद्यार्थी भाइबहिनीहरूमा अङ्ग्रेजी भाषालाई अझ स्तरीय र राम्रो बनाउन यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी भाषाका दुईवटा पाठ्यपुस्तक पनि थप गरिने बताउनुभयो ।

कार्यक्रममा शिक्षक सरन कुमार तामाङले उपस्थित अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो भने मोहनकृष्ण श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधिका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए भने शिक्षिकाहरूले पनि सामूहिक नृत्यहरू प्रदर्शन गर्नुभएको थियो ।

Continue Reading

Previous: ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
Next: एटीएम फोडेरपैसा चोर्न खोज्ने नुवाकोटका ज्ञानेन्द्र ठकुरी प्रहरी फन्दामा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार