
शनिबार बेलकोटढीको महादेवफाँटमा आयोजित महिला संघको अधिवेशनमा प्रमुख अतिथि बागमती प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीसहित नेपाली कांग्रेसका युवा नोतहरु ,तस्बिर ः नुवाकोट पुकार
नुवाकोट(महादेवफाँट) । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघ नुवाकोटले स्थानीय तहमा धमाधम अधिवेशन गरिरहेको छ । पार्टी केन्द्रीय समितिको निर्देशन अनुसार अन्य ६ भन्दा बढि पालिकाको अधिवेशन सम्पनिन भैसकेको छ । यसैक्रममा जिल्लाको दोस्रो ठुलो पालिका बेलकोटगढी नगरपालिकाको अधिवेशन सुरु भएको छ ।
शनिबार बेलकोटगढी ७ महादेवफाँटमा उद्घाटन कार्यक्रम भएपनि अध्यक्षका आकाँक्षीहरु धेरै भएपछि अधिवेशन स्थगित भएको नेपाल महिला संघकी नेता तथा कांग्रेस महाधिवेशन प्रतिनिधि पवित्रा पुडासैनीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । नगरभित्रका पार्टीका युवा नेताहरुको समेत सहभागितामा भएको अधिवेशनमा सहमतिको प्रयास भएपनि अध्यक्षको आकाँक्षी धेरै भएपछि सहमति हुन नसकेको बताइएको छ । महिला संघ नुवाकोटकी अध्यक्ष सरिता आचार्यले सकेसम्म एक दुई दिनमा सहमति गर्ने नभए मात्रै निर्वाचन गर्ने बताईन ।
सभापतिका लागि ८ जना महिलाहरुले आकाँक्षा देखाएका छन् अध्यक्षका लागि सिता उप्रेती, भगवती कार्की,शान्ति लामा,सिता तामाड.,देवकी तिमिल्सना डोटेल,सन्तोषी लामा,अनुराधा श्रेष्ठ र ज्योती लामाको दावी रहेको थियो ।

उता महिला संघको कार्यक्रमहरु वैधानिक ढंगले नभएको र कार्यक्रममा आफूहरु सम्मानजनक रुपमा उपस्थित हुने वातावरण नभएको भन्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पक्षले भने अधिवेशनमा सहभागिता जनाएको छैन । बेलकोटगढीमा शनिबार भएको कार्यक्रममा पनि केसी पक्षका भनिएका केही नेताहरुको मात्रै सहभागिता रहेको थियो । केसी पक्षका नेता तथा पूर्व सभापति तथा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले महिला संघमा मनोमानी भएको भन्दै सामाजिक सञ्जालबाट नै विरोध जनाउँदै आएका छन् । नेता केसीले आइतबार(आज) पनि महिला संघको अधिवेनको वैधानिकता हुने कुरा पोष्ट गर्दे सुझाएा छन् । केसीले महिला संघको अधिवेशन हुने पार्टीको प्रावधानलाई नै सामाजिक सञ्जालबाट पोष्ट गरेका छन् ।
यसअघि शनिबार भएको कार्यक्रममा पनि महिला संघकी केन्द्रीय सदस्य तथा बामगती प्रदेशका पूर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नेपाली कांग्रेसका पूर्व क्षेत्रीय अध्यक्ष अर्जुन न्यौपाने,बागमती प्रदेश सदस्य बद्री मुडबरी, बेलकोटगढी नगरपालिकाका उपमेयर शिव प्रसाद दाहाल,जिल्ला सहसचिव यादव नेपाल, क्षेत्र नं २ को प्रदेश क का सभापति बैकुण्ठ पाण्डे, महाधिवेशन प्रतिनिधि तथा युवा नेता जयराम दाहाल, प्रदिप उपसभापति प्रदिप सेढाई, महिला नेतृ हिरा पाण्डे, लगायतले आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपालीले महिला संघ बलियो भएमात्रै कांग्रेस बलियो हुने भन्दै सबैको सहयोगमा संघलाई सक्रिय बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा नगरपालिकाका उपमेयर दाहालले सहमतिकासाथ महिला नेतृत्व चयन गर्न सुझाव दिँदै महिलाहरुले समूहगत रुपमा ल्याउने योजानहरुलाई आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले महिला संघ सक्रिय भएको खण्डमा आफूले आर्थिक रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले सहमतिकासाथ नेतृत्व चयन गर्दै महिला संघलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बेलकोटगढी नगरपालिकाभित्रका एकसय भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो ।
संयोजकले नै छाडिन् कांग्रेस
उता महिला संघको सभापतिको भूमिका निर्वाह गर्दै आएकी सुनिमा थिड.ले भने सभापतिबाट नै पार्टी छाडेको घोषणा गरेका छिन् । कार्याक्रम समापनका क्रममा थिड.ले पार्टीले आफुहरुलाई वेवास्ता गरेको भन्दै आफू अब कांग्रेस नरहेको घोषणा गरेकी थिइन । उनले कांग्रेस छाडेको बताइँरहदा उनलाई संयोजक बनाउने विषयमा समेत कांग्रेसका नेताहरु भने छलफल गरिरहेका थिए ।
यसैबीच अधिवेनले सात वडा वडाका संयोजक तय गरिएको छ । सो अनुसार वडा नं ५ मा सुनिता श्रेष्ठ,६ मा लक्ष्मी तामाड.,७ मा पुजा खतिवडा,८ मा संगिता पुडासैनी,९ मा सावित्री पोखरेल,१० साहारा धिताल,डोटेल,११ सविता ठकुरी र १३ मा शान्ता श्रेष्ठलाई चयन गरिएको छ ।