
नुवाकोटको विदुरमा रहेको धनेश्वर मन्दिरमा २८ किलोग्राम बराबरको घण्टी सहयोग गरिएको छ । विदुर नगरपालिका वडा नं २ मा रहेको धनेश्वर मन्दिरका लागि डेभिड ग्रुप अफ इन्भेष्टमेन्ट कम्पनीका तर्फबाट करिब ७० हजार बराबारको २८ किलोग्रामको घण्टी चढाएका छन् ।
उक्त ग्रुपका सञ्चालक डेभिड गुरुड.ले आफ्ना पूर्वजहरुको स्मृतिमा घण्टी चढाइएको नुवाकोट पुकारलाई जानकारी दिनुभयो । सो अवसरमा मन्दिरका तर्फबाट घण्टी चढाउने उक्त समुहका सदस्यलाई सम्मान समेत गरिएको मन्दिर संरक्षण समितिका संयोजक रघुनाथ सुवेदीले जानकारी दिनुभयो । सो अवसरमा स्थानीय भक्तजनहरुको पनि सहभागिता रहेको थियो ।

विगत तीन वर्षअघि मन्दिर स्थापना गरि पुजारीको व्यवस्थासहित नियमित पुजाआजा हुँदै आएको सुवेदीले जानकारी दिनुभयो । धार्मिक मान्यता अनुसार मन्दिरबाहिर, प्रवेशद्वार, भित्र वा वरिपरि घण्टी चढाउँदा र बझाउँदा पनि ‘पाप भाग्ने’ र शक्ति प्राप्त हुने कुरा ‘आगमशास्त्र’ मा उल्लेख गरिएको छ ।

सोही शास्त्र अनुसार मानिसहरुले मन्दिरमा घण्टी चढाउने गरेका छन् । मन्दिर प्रवेशपछि प्राय हरेक मानिस घण्टी नबझाई फर्कदैनन् । यसले गर्दा मन्दिरमा घण्टीको महत्व धेरै हुने गरेको छ ।