
फाइल तस्बिर
२५ साउन, काठमाडौं । विद्यालय शिक्षक विधेयक प्रतिवेदनबाट निजी विद्यालयलाई क्रमश ः गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन निजी विद्यालय सञ्चालकहरुले माग गरेका छन् ।
प्याब्सन, एन प्याब्सन, नेसनल प्याब्सन र हिसानले आज संयुक्त विज्ञप्ति जारी गरी निजी विद्यालयलाई गैरनाफामूलक बनाइने भन्ने वाक्यांश हटाउन माग गगर्दै उनीहरुले सच्याउनुपर्ने विषयहरु समेत उल्लेख गरेका छन् ।
विद्यालय सञ्चालकहरुले पूर्ण छात्रवृत्ति भन्ने शब्द पनि हटाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिसिधाको शिक्षा समितिले साउन २२ गते निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने व्याक्यांश छ उल्ले गर्दै त्यसलाई पारित गरेको थियो ।
लामो रस्साकस्सीबीच विद्यालय शिक्षा विधेयकमाथिको छलफल सकेर उपसमितिको प्रतिवेदन पनि पारित भए पनि विवाद भने सकिएको छैन । निजी विद्यालयले दिने पूर्ण छात्रवृत्तिको विषयमा पनि समितिले निर्णय गर्न सकेको छैन । यसले विद्यालय शिक्षा विधेयक अलमलमा परेको छ ।उता शिक्षक महासंघले पनि आगमी भदौंको दोस्रो हप्तासम्म विधेयक पारित नभए आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।
