
रातमाटे । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाले आफ्नो पालिका अन्तर्रगत पर्ने मुख्य सडकमा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।
नगरपालिकाको आर्थिक विकास शाखा (कृषि))को आयोजना गल्छी – त्रिशूली – रसुवागढी सडक अन्तर्रगत पर्ने कोल्पुटारदेखि रातमाटेसम्मको भागमा बृक्षारोपण कार्यक्रम सुरु गरेको हो । आज सोमबार एक कार्यक्रमकाबीच वडा नं. ५ र ७ स्थित मुख्य सडक खण्डको दायाँबायाँ वृक्षरोपण गरिएको छ ।

नगर क्षेत्रलाई सौन्दर्यकरण बनाउने लक्ष्यको लागि मेयर जगता लामा, उपमेयर शिवप्रसाद दाहाल, वडा नं ७ का वडा अध्यक्ष भुवनेश्वर नेपाल वृक्षारोपण कार्यक्रममा सहभागि भएका थिए । नगरपालिकाले उक्त सडकमा विभिन्न जातका फूलको विरुवा रोपेको छ । सडक सुरक्षालाई ध्यान दिदै सडक सौन्दर्यकरण एंव हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणको लागी वृक्षारोपण गरिएको मेयर जगत लामाले बताउनुभयो ।

यस्तै उपमेयर दाहालले बृक्षारोपणबाट बजारको सौन्दर्यको विकास हुनुकासाथै वातावरणलाई सफा राख्न समेत सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो । कार्यक्रममा विरुवाको संरक्षणका लागि स्थानीयहरुसँग सहयोगको अपिल समेत गरिएको छ । सो अवसरमा नगरपालिकाका कर्मचारी तथा स्थानीय नागरिकको पनि सहभागिता रहेको थियो ।
विरुवाको सुरक्षाका लागि तारजालीले घेरिएको छ । देशका हेक शहरीया क्षेत्रमा विरुवा रोपेर शहरको सुन्दरतालाई बढाउने काम गरिदै आएको छ । जहाँ बोट विरुवा त्यँहा सुन्दरता भन्ने मान्यता रहेको छ । जसबाट हामीले निःशुलक रुपमा अक्सिजन समेत प्राप्त गर्न सक्छौं ।