
साउन २७ सोमबार,काठमाडौं । कांग्रेस बागतमीको विवाद सहमति उन्मुख भएपनि निश्कर्ष आउन सकेको छैन । सभापति शेरबहादुर देउवाले दुवै पक्षलाई निर्देशन दिएको भएपनि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाबीच सहमतिको प्रयास भैरहेको छ ।
आज बिहान बानियाँ र लामाबीच छलफल हुने र सहमति कायम गरिने बानिायँ पक्षका एक नेताले नुवाकोट पुकारलाई बताएका छन् । तर लामाले भने आफूले नियुक्त गरेका तीन जना सांसदलाई शपथ गराउने आफ्नो अहिलेको एकमात्रै माग रहेको बताएका छन् । उनले भने, मैले भेट्न खासै जरुरी छैन्, उहाँले मैले नियुक्त गरेका तीन जना साथीहरुलाई शपथ गराए पुग्छ, नेता लामाले नुवाकोट पुकरासँग भने, आज १२ बजेसम्म सहमति नभएको खण्डमा आफूहरु पत्रकार सम्मेलन गर्दै विश्वासको मतको विपक्षमा उभिने लामा पक्षको दावी रहेको छ । आज ४ बजे विश्वासको मत लिने कार्यक्रम रहेको छ । एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्ीप प जारी गरिसकेको छ ।
पूर्वमुख्यमन्त्री लामाले आफ्नो कोटाबाट गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन् । सोही सर्त राखेर उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । पार्टी सभापति देउवाको उपस्थितिमा भएको सहमति कार्यान्वयनमा मुख्यमन्त्री बानियाँ उदासीन रहेको भन्दै लामा पक्षले विश्वासको मत नदिने चेतावनी दिँदै आएको थियो ।
तर मुख्यमन्त्री बानियाँले भने विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गर्ने बताएका छन् । मुख्यमन्त्रीले एमालेका मन्त्रीहरु नियुक्त गरेपनि कांग्रेसबाट दुई जनालाई मात्रै मनत्री बनाएका छन् ।