
गत वर्ष निकै चर्चित रहेको उनको गीतको पोष्टर , गुगलबाट
काठमाडौं । नेपाली हिन्दु महिलाहरुले मनाउने तीज महिलाहरुका लागि आफ्नो परिवारसँग बसेर मनाउँदा जति उत्साह र उमंग हुन्छ त्यति नै तीजमा विष्णु माझीको गीतले दिने गर्दछ ।
गुमनाम तर सुिरलो स्वरकी धनी विष्णु माझीको एक दुईओटा गीतले नै ठुलो छाप छाड्दै आएको छ ।उनको व्यक्तिगत जीवनलाई समाजसँग गाँस्न खोजिएका भएपनि त्यसलाई उनी र उनका श्रीमानले अस्विकार गरेपछि समाजले उनको स्वरबाट मात्रै भनेपनि उदभूत माया प्रदान गर्दै आएको छ ।
माझीको गीत आएसँगै आम दर्शक तथा स्रोताहरुमा तीजको रौनक बढ्ने गरेको छ । विगतका वर्षहरुमा तीज आउन एक हप्ता अघि मात्रै सार्वजनिक भएको गीतले अरु महिनौदेखि सार्वजनिक भएका सबै गीतलाई उछिन्न सफल भएको थियो । यो वर्ष पनि तीज आउन अब १०,१२ दिन मात्रै बाँकी छ । अहिलेसम्म तीज विशेष दुई दर्जन गीत सार्वजनिक भैसकेका छन् तर कुनै गीतले विगतका रेकर्ड तोड्न सकेको छैन् ।
पछिल्लो समय युटुवमा हेर्दा रेशम चौधरी र मञ्जु पौडेलले गाएको तीज गीतले केही दर्शक स्रोतकाको मन जित्न सफल भएको भएपनि अन्य गीतले भने औसत सामान्य दर्शक स्रोता पाउन पनि सकेका छैनन् । तर तर विष्णु माझीको गीत आउन बाँकी छर्दै उनका गीतको सानो क्लिपमार्फत टिकटका वालहरु भरिएका छन् ।, यो पटक ,जाम्ला भनेको मै छोरी माइत.भन्ने भाकामा गीत गाइएको छ ।
नेपाल लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रीता थापा भन्छिन्, उहाँले स्वरले नै नेपाली दर्शकलाई तान्दै आएको छ, जसले गर्दा अधिकांश दर्शक उहाँको गीतको प्रतिक्षमा हुनुहन्छ, । विष्णु माझीले वर्षमा एकदुई ओटा मात्रै गाउने भएकाले स्तरीय हुनुकासाथै नाच्नका लागि पनि उपयुक्त हुने हुनाले दर्शकहरु आकर्षित भएको थापाको भनाई रहेको छ ।
माझीका गीत सुन्दै आएकी काठमाडौं तारकेश्वरकी सविना श्रेष्ठ भन्छिन् उहाँको गीत नआइकन तीज आएको जस्तै लाग्दैन् ,हामी त्यहि गीतको प्रतिक्षमा छौं । गत वर्ष माझीको ‘आइनँ आमा’, भन्ने गीतलाई युट्युबमा हालसम्म २ करोड ४० लाख भन्दा बढी पटक हेरिएको छ । अघिल्ला वर्षहरुमा ‘चरी जेलैमा’ जस्ता गीतले संगीतप्रेमी लठ्ठ बनाएको थियो । यो पटकको गीतमा पनि ६० जना कोरस राखेर छायाँकान गरिएको छ ।
उनले गाएको गीतमा मिठासपन,संस्कार र विगतमा गाउँसमाजमा नारीले व्यहोनु परेको कठिन परिस्थितिलाई उजागर गर्न खोजिएको हुन्छ, जसले आम नारीको मनलाई भावनामा डुबाइदिन्छ र र अन्तरहृदयबाट नै गीतले छोएको हुन्छ , जुन गीत दर्जनौ पटक सुन्निछ र हेरिन्छ ।
वर्षमा एउटा गीत मात्र निकाल्नुहुन्छ, त्यसमा पनि लगानी राम्रो गरेर अडियो र भिडियो निकाल्नुउक्त गीतमा विष्णुसँगै उनका श्रीमान् सुन्दरमणि अधिकारीकै शब्द तथा संगीत रहेको छ । अबको एक दुई दिन भित्र गीत सार्वजनिक गर्ने तयारी भएको निर्माण पक्षले जनाएको छ । तर यसअिघ नै दर्शक स्रोतामा देखिएको उत्साहका कारण उनका गीतले अघिल्ला वर्षहरुका सबै रेकर्ड तोड्ने अनुमान गर्न सकिन्छ ।