
काठमाडौँ । सामुदायिक विद्यालयहरुका शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको सातौं पूर्ण बैठकले आन्दोलन गर्ने निर्णय गरेको छ। काठमाडौँको लैनचौरस्थित शान्ति विद्या गृह माविमा मंगलबार र बुधबार ९भदौ ३ र ४ गते दुई दिनसम्म चलेको बैठकले विद्यालय शिक्षा विधेयक, २०८० मा सरकार र महासंघबीचका विगतका सम्झौता नसमेटिएको भन्दै आन्दोलन गर्ने निष्कर्ष निकालेको हो। बैठकमा सहभागी संस्थागत विद्यालय शिक्षक युनियनका महासचिव भूपाल उप्रेतीले महासंघको पूर्ण बैठकबाट आन्दोलनमा जाने निर्णय भएको जानकारी दिनुभयो ।
आन्दोलन सुरुवात गर्ने मिति भने महासंघको कार्यालयीय बैठकले टुंगो लगाउने बताइएको छ । गत माघ २० गतेदेखि सुरु भई वैशाख १७ गते ९ बुँदे सहमतिपछि स्थगित आन्दोलनको समीक्षा, शिक्षा ऐनको विश्लेषण, आन्दोलनको स्वरूप र तालिका तथा ९ बुँदे सहमतिको कार्यान्वयन अवस्था जस्ता एजेन्डामा बैठक केन्द्रित थियो। सरकारले शिक्षा विधेयक अझै टुंगो लगाउन सकेको छैन् । शिक्षा विधेयकका विषयमा नै नीजि विद्यालयका सञ्चालकहरुले पनि आज नै आन्दोलनको घोषणा गरेका छन् ।