
विदुरमा आयोजित पत्रकार सम्मेलनमा क्लबका पदाधिकारीहरु, तस्बिर,नुवाकोट पुकार
विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित अर्चलेमा छैटौँ देउराली अर्चले कप खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
बेलकोटगढी वडा नं ६ देउरालीमा स्थापित कन्चना देउराली युवा क्लबको आयोजनामा बडा दशैं २०८२ को अवसर पारेर आगामी असोज ०९ गतेदेखि १३ गतेसम्म 7 A side छैटौं देउराली अर्चले कप खुला फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको क्बले जनाएको छ ।
शनिबार (आज) जिल्ला सदरमुकाम विदुर आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै द्धितिय पुरस्कारका रुपमा ५० हजार नगदसहित, ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।
सेमिफाइनमा पुग्ने टोलीलाई ११, ११ हजार प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाीलाई ३ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार,उत्कृष्ट गोल रक्षकलाई ३ हजार,उदयमान खेलाडीलाई २५ सय र अनुशासित टोलीलाई ४ हजार नगदसहित ,म्यान अफ द म्याच,सहित नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुन चाहाने टिमले भाद्र १४ गतेदेखि असोज ७ गतेसम्म दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क रु १० हजार तोकिएको पत्रकार सम्मेलनका छैटौं देउराली अर्चले कप खुला फुटबल प्रतियोगिताका संयोजक प्रशासत थिड.ले जानकारी दिनुभयो ।
क्लबका क्लबका तर्फबाट नारायण नेपाल,तेज खतिवडा, रविन दाहाल,अमृत नेपाल,प्रदिप नेपाल लगायतका व्यत्विहरुको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा क्लबका तर्फबाट बोल्दै तेजनाथ खतिवडाले सातसय झिल्टुड.मध्येको दुईपिपलको अर्चलेमा रहेको दरबाट मल्लकालिन राजाहरुले शासन गर्ने गरेको इतिहासमा उल्लेख गरिएकाले यसको ऐतिहासिक महत्व समेत रहेको भन्दै क्लबले अर्चलेमा नै प्रतियोगिता आयोजना गरेर इतिहासलाई चिनाउने काम गर्न लागेको जानकारी दिनुभयो । फुटबल खेलको विकास गर्न सकेको खण्डमा समाजलाई समारात्मक रुपमा अघि बढाउने सकिने आयोजकहरुको दावी रहेको छ । २०७६ सालमा स्थापना भएको उक्त क्लबले गत वर्ष पनि प्रतियोगिता आयोजना गरेको थियो ।
बेलकोटगढी वडा नं ६ मा रहेको उक्त खेल मैदान निर्माणका लागि क्लबले समाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेको थियो । सोही रकमबाट खेल मैदान निर्माणको केही काम गरिएको थियो ।
साथै प्रतियोगिका लागि बेलकोटगढी नगरपापिलकासहित देश विदेशमा रहेका सामाजिक संस्था तथा व्यक्तिबाट समेत सहयोगको प्रतिवद्धता आएको भन्दै यस्ता सहयोगस्वरुप प्राप्त हुने नगद तथा खेल सामाग्रीहरुलाई स्वीकार गर्ने र कार्यक्रम सफल बनाउने योजना रहेको पनि बताइएको छ । प्रतियोगिताका लागि १० लाख खर्च हुने अनुमान आयोजकहरुले गरेका छन् । पत्रकार सम्मेलनमा प्रतियोगिता सफल बनाउनका लागि सरकोरवाला पक्षको सहयोगको समेत अपेक्षा गरिएको क्लबका सल्लाहकार नायारण नेपालले बताउनुभयो