
– नुवाकोट पुकार समाचारदाता
विदुर । प्रमुख सत्तारुढ दल नेकपा एमालेको विधान महाधिवेशन आउन दुई दिन मात्रै बाँकी रहेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनमा पूर्व राष्ट्रपति विद्या भण्डारीको पक्षमा नबोल्न ह्ीप लाग्ने सम्भावानकाबीच भण्डारी पक्षको उपस्थिति बाक्लै रुपमा हुने देखिएको छ । २० जना प्रतिनिधिले भाग लिने नुवाकोटबाट झण्डै १२ जना प्रतिनिधि भण्डारीको पक्षमा खुलेर लाग्ने देखिएको छ ।
दुई निर्वाचन क्षेत्र र ४ संघीय प्रदेश रहेको नुवाकोट जिल्लाबाट समावेशी रुपमा प्रतिनिधिहरु सहभागिाता रहेको एमालेका नेताहरुले बताएका छन् । विधान महाधिवेशनका लागि १० औं महाधिवेशनमा रहेका प्रतिनिधिहरु नै सहभागि हुनेछन् ।
एमाले जिल्ला सदस्य विष्णु दाहालका अनुसार क्षेत्र नं २ बाट केन्द्रीय सदस्य केशव पाण्डे,नारायण खतिवडा,उषाकिरण तिमिल्सिना,रामशरण प्याकुरेल,ठाकुर गजुरेल, बुद्धि प्रधान,गणेश श्रेष्ठ,अजितमान लामा,रुपा सापकोटा, गिता दाहाल, सावित्री प्याकुरेल,मेन्जुड. लामा,आशामाया तामाड.रहेका छन् ।
यस्तै क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष बद्री मैनाली,काशीराज अधिकारी,जितबहादुर घले,पुर्णलाल श्रेष्ठ,केशव सेन्चुरी,प्रमिला थपलीया,मंगलमाया प्रजापति र विन्दा ढुंगाना रहेका छन् । पार्टीको महाधिवेशनमा सहभागि हुने नेताहरुमध्ये पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा झण्डै ५० प्रतिशत नेताहरु रहेको एमालेका एक नेताले नुवाकोट पुकारलाई बताए ।
नुवाकोटमा पार्टीका वरिष्ठ नेताहरु नायारण खतिवडा, बुद्धि प्रधान, रामशरण प्याकुरेल,पूर्णलाल श्रेष्ठ, गणेश श्रेष्ठ, गिता दाहाल अर्याल,अजितमान लामा, मंगलमाया प्रजापतिसहितका नेताहरु भण्डारीको पक्षमा देखिएका छन् ।
पार्टीका प्रभावशाली नेता केशव पाण्डे समेत भण्डारीको पक्षमा मौन रहेका छन् । पाण्डेको राजनीतिक इतिहास मदन भण्डारी र विद्या भण्डारीसँग जोडिएका कारण उनी भण्डारीको पक्षमा नै लाग्ने अन्तिम तयारीमा रहेका छन् । भण्डारी औपचारिक रुपमा एमालेमा भित्रिएको दिन पाण्डे खुलेर भण्डारीको पक्षमा लाग्ने उनी निकट स्रोतले नुवाकोट पुकारलाई बताएको छ । शर्मिला थपलीया केशव पाण्डेकी बहिनी भएकाले उनको निर्णय पाण्डेमा निर्भर रहने बताइएको छ ।
पार्टी नेतृत्वले बोलेकै भरमा कारबाही गरिएकी पार्टीको केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना यतिखेर तथस्ट जस्तै भएपनि उनको साथ समेत विद्या भण्डारीलाई नै हुने बुझिएको छ । पार्टीमा रहेका २० प्रतिनिधिमध्ये १० भन्दा बढि सदस्य भण्डारीका पक्षमा देखिनुले नुवाकोटमा समेत पार्टी अध्यक्ष अर्थात संस्थापन पक्ष कमजोर रहेको देखिन्छ । संस्थापन पक्षमा अध्यक्ष मैनालीसहित काशीराज अधिकारी,जितबहादुर घले,विन्दा ढुंगाना,ठाकुर गजुरेल,रुपा सापकोटा,गणेश श्रेष्ठ,सावित्री प्याकुरेलसहितका नेताहरुमात्रै देखिएका छन् ।
नुवाकोटमा पाण्डे र खतिवडाले औपचारिक रुपमा भण्डारीको पक्षमा लागेको घोषणा गरेको दिन पार्टीको संस्थापन ३० प्रतिशतमा खुम्चने एमाले भण्डारी पक्षका एक नेताले बताए ।
विगतमा माधव नेपाल पक्षमा रहेका र जिल्ला अध्यक्ष बद्री मैनालीको टिमसँग निर्वाचन लडेका अधिकांश नेता कार्यर्ता भण्डारीको पक्षमा उभिने एमाले नुवाकोटका एक नेताले बताए । एमाले केन्द्रीय कमिटि बैठकले भण्डारीको सदस्यता नविकरण नगरेपछि उनको पक्षमा केही माहोल सेलाएको भएपनि पछिल्लो समय देश दौडाहामा निस्कने क्रममा भण्डारीलाई एमालेकै नेता कार्यर्ताले भव्य रुपमा स्वागत गरिरहेका छन् ।
विरगन्जमा त ५० किलोको मालाले स्वागत गरिएको थियो । यस्तै भण्डारीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेर राजनीतिक गतिविधि तिब्र पार्दै आउनु भएको छ । भण्डारीको सक्रियतासँगै एमालेमा स्पष्ट रुपमा दुई धार देखिएको छ ।
भण्डारीको सक्रियता यहि अवस्थामा रहने र नेता कार्यर्ताको समर्थन यस्तौ रहने हो भने पार्टीको विधानबाट ७० वर्षे उमेरहद घटाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पुन ः तेस्रो कार्यकालमा अध्यक्ष बन्न निकै ठुलो पापड मोल्नुपर्ने सम्भावना बढ्दै गएको देखिन्छ । कतिपयले त विद्या पार्टीमा भित्रिएको दिन एमालेमा ओलीराज समाप्त हुने बताउन थालेका छन् ।