
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने उनले घोषणा गरेका छन् ।सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबिच पार्टीको आधिकारिकतालाई लिएर विवाद भएको थियो ।सो पार्टीभित्र लामो समयदेखी विवाद रहँदै आएको छ । उनकी श्रीमती रञ्जिता श्रेष्ठले नाउपाको नेतृत्व गर्दै आएकी छिन् ।
चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पंतिलाई आग्रह पनि गरेका छन् । अब जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने उनले प्रण गरेका छन् । छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृतमा जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् ।