
१२ असोज, काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले असोज २६ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
जेनजी आन्दोलनका क्रममा कांग्रेसको पार्टी कार्यालयमा आगजनीका रकाण ध्यस्त भएको छ । त्यहि माथिल्लो तला केही सहज भएकाले सोह िस्थानमा सरसफाई गरेर केन्द्रीय समिति बैठक राख्ने तयारी गरिएकोछ ।