
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले आगमी असोजमा बस्ने केन्द्रीय समितको बैठकबाट पार्टीको महाधिवेशनबारे निर्णय गर्ने बताउनुभएको छ ।
असोज २६ गते बस्न लागेको कांग्रेस केन्द्रीय समितिको बैठकबारे आफ्नो निजी निवासमा पत्रकारहरुसँग कुराकानी गर्दै डा. महतले पार्टीभित्र उठेका सबै विषयहरुको छिनोफानो केन्द्रीय समितिले गर्ने बताउनुभयो ।
उहाँले यतिखेर पार्टीलाई विभाजित गर्ने उदेश्यले आएका फरक फरक खालका टिप्पणीले कसैको पनि हित नगर्ने भन्दै कांग्रेसको अहिलेको मुलमन्त्र भनेको पार्टीभित्रको आन्तरिक एकता नै भएको बताउनुभयो । पूर्व अर्थमन्त्री समेत रहनु भएका डा. महतले सभापति देउवालाई मात्रै दोषी देखाएर पार्टीका नेताहरु उम्कन खोजेको भन्दै त्यो गलत भएको टिप्पणी गर्नुभयो ।
नेता महतले केन्द्रीय समितिका बैठकले कहाँ कहाँ कहाँ क कस्को गल्ती भयो, त्यसको गम्भीर समिक्षा हुनेछ । उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर पासपोर्ट लिएर भाग्न खोजेको भन्दै भाष्य निर्माण गरिएको भन्दै नेता महतले सभापति देउवाले पासपोर्ट लिनु गलत हो र भन्ने प्रतिप्रश्न गर्दै नेता महतले भन्नुभयो,सभापति देउवालेदेश र जनताका लागि ठुलो योगदान गर्नुभएको छ, उहाँले कुनै त्यस्ताृ गल्ती गर्नुभएको छैन् देश छाडेर भाग्नलाई, उहाँ यहि बसेर देशका लागि अझै काम गर्नुहुन्छ ।
देशमा लोकतन्त्रका लागि ठुलो योगदान गरेको पार्टीलाई गलत शिद्ध गर्न खोजिएको भन्दै डा. महतले भन्नुभयो, कांग्रेसलाई निर्वाचनमा सम्म भाग लिन दिनुहुँदैन भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, के अब मुलुकमा निरंकुशता चाहिन्छ भन्न खोजेको हो त ? उहाँले भदौं २४ को घटनाबाट देशमा ठुलो जनधनको क्षति भएको भन्दै सबै मिलेर फेरि देशलाई पुरानै अवस्थामा फर्काउनुपर्नेमा जोड दिनुभयो ।