
काठमाडौं । दशैं सकिएसँगै कांग्रेसभित्र विशेष महाधिवेशनले थप चर्चा पाएको छ । यही भदौ २३ र २४ गते भएको जेनजी विद्रोहपछि कांग्रेसमा पार्टी पुनर्गठनको माग व्यापक उठिरहेका बेला पार्टीका दुई शीर्ष नेताहरु गगन थापा र डा. शेखर कोइरालाले त्यसको नेतृत्व गर्दै आएका छन् ।
सभापति देउवाको नेतृत्वमा चुनावमा जान नसकिने निर्क्यौलसहित नेताद्धय त्यसपघि नै नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन् । संस्थापनइतरका एक नेताका अनुसार पछिल्लो अवस्था, आसन्न केन्द्रीय समिति बैठक, विशेष महाधिवेशनको हस्ताक्षर बुझाउनेबारे छलफल गर्न नेता डा. शेखर र महामन्त्री थापा बीच भेटवार्ता भएको बताइएको छ ।
उहाँहरुबीच असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकअघि नै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सभापति देउवालाई बुझाउने तयारी स्वरुप भेटवार्ताको भएको संस्थापनइतर समूहका एक नेताले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
कांग्रेसको विधानमा विशेष महाधिवेशनका लागि ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरि बुझाएको खण्डमा र पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक ठानेमा विशेष महाधिवशेन हुन सक्ने व्यवस्था व्यवस्था छ । केन्द्रीय समितिमा संस्थापनइतर पक्षको बहुमत पुग्ने सम्भावना देखिदैन भने महाधिवेशन प्रतिनिधि ४० प्रतिशत भन्दा बढिले हस्ताक्षर गरिसेको दावी गरिएको छ । जेनजी आन्दोलनका क्रममा पार्टी सभापपति शेरबहादुर देउवा र उहाँकी धधर्मपन्ती आरजु राणा देउवामाथि कुटपिट समेत भएको थियो ।