
– नुवाकोट पुकार समाचारदाता
काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिकाबीच नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको बहस चर्किएको छ । जेजनी पुस्ताले राजनीतिक दलका शीर्ष नेताहरुविरुद्ध चर्को रुपमा आवाज उठाएपछि कांग्रेससभित्र पनि पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्न थालिएको छ । पार्टीका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर भएपनि देउवालई सभापतिबाट हटाउने तयारी थालेका छन् ।
महामन्त्रीद्धयको अगुवाईमा कांग्रेस नेता गुरुराज घिमिरेले महाधिवेशन प्रतिनिधिहसँग हस्ताक्ष्र अभियानको नेतृत्व गरिरहेका छन् । यो समाचार तयारपादासम्म ४० प्रतिशतको हाराहारीमा हस्ताक्षर संकलन भएपनि अझै गणपुरक संख्या पुग्न नसकेको संस्थापनइतर एक विश्वस्त स्रोतले नुवाकोट पुकारलाई बताएको छ ।
संस्थापनइतर समूहले आगमी असोज २६ गते बस्ने केन्द्रीय समिति बैठक अघि नै हस्ताक्षर बुझाउने तयारी गरेको भएपनि संस्या र स्पष्ट कारण खुलाउन नसक्ने अवस्थाबीच प्रस्ताव तुहिने सम्भावना पनि बढ्दै गएको कांग्रेसभित्र बहस चलिरहेको छ । मंगलबार मात्रै महामनत्री शर्माले हस्ताक्षरका लागि समाजिक सञ्जालबाटै आह्रवान गर्नुले आवश्यक संख्या पुग्न सकेको बुझ्न सकिन्छ ।
तर परिस्थिति जे जे भएपनि अब सभापति बन्ने सम्भावना नभएका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध महामन्त्रीसहितका नेताहरु सक्रिय भएपछि स्वास्थ्य लाभ गरिरहेका बेला नै सक्रियता जनाउनु भएको छ ।
हालसम्म पनि औपचारिक रुपमा पार्टीका नेताहरुसँग भेटघाट नगर्नु भएका देउवाले पार्टीका महामन्त्री थापा र शर्मासँग छलफलको तयारी गर्नुभएको देउवा निकट स्रोतले जनाएको छ । देउवाले सकेसम्म आज नै महामन्त्रीद्धयसँग छलफलको तयारी गर्नुभएको छ । उहाँले आफू अब सभापति हुने कुरा विधान अनुसार पनि नमिल्ने र उमेरका हिसावले पनि राजनीतिबाट विश्राम लिने समय भएकाले सकेसम्म पार्टीमा एकता कायम गर्ने र आफू सम्मानजनक रुपमा बाहिरिने भन्दै नियमित महाधिवेनबाट नै बिदा लिने तयारी गर्नुभएको छ ।
जसका लागि उहाँले विशेष महाधिवेशनको नारा लिएर अघि बढेका नेताहरुलाई मनाउने प्रयास गर्नुभएको छ । सोही प्रयासस्वरुप महामन्त्रीहरुसँग भेट्ने देउवाको तयारी रहेको बुझिएको छ । कांग्रेसमा विशेष महाधिवेशन गर्ने विषयमा हस्ताक्षर संकललन भएपनि के कारणले आवश्यक पर्यो भन्ने पुष्टि गर्न भने महामात्रीद्धयलाई समस्या परेको देखिन्छ ।
सभापति देउवाले मन्त्रीहरुसँग छलफल गर्नुअघि आफू निकटका नेताहरुसाग समेत छलफल गरिसक्नु भएको स्रोतले बताएको छ । देउवा विशेष ममहाधिवेशनको पक्षमा देखिनु भएको छैन् । नियमित महाधिवेशन त्यो पनि एक वर्षपछि मात्रै गर्ने तयारीमा संस्थापन पक्ष देखिएको छ, त्यो नभए कावा सभापति तोकेर निर्वाचन जानसक्छ संस्थापन पक्षका एक नेताले भने, ।
स्मरणीय छ, महामन्त्री गगन थापाको संयोजकत्वमा क्रियाशिल नविकरणका लागि समिति गठन भएको छ । उक्त समितिले हालसम्म पनि क्रियाशिल सदस्यको विवाद समाधान गर्न सकेको छैन् । पूरानो क्रियाशिलको विवाद समाधान भएर केन्द्रले नामाबली सार्वजनिक गरेपछि मात्रै नयाँ सदस्य वितरण गर्ने व्यवस्था छ । तर माहामन्त्री थापा नेतृत्वमा रहेको समितिले काम गर्न नसक्दा नै क्रियाशिल सदस्यको विवाद टुंगिएको छैन् ।
यतिखेर सभापतिलाई दोष देखाएर महामन्त्री हामी गछौं भनिरहनु भएको छ, उहाँहरुले दिएको जिम्मेवारी पूरा गर्नसक्नु भएको छैन्, सभापतिलाई मात्र दोष दिएर उहाँहरु उम्कन मिल्दैन सभापतिको जति दोष हुन्छ महामन्त्रीहरुको पनि त्यति नै छ, संस्थापन पक्षका एक नेताले नुवाकोट पुकारसँग भने, उनले भने, सभापतिले उहाँहरुले भनेको के के कुरामा असहमति जनाउनुभयो र क्रियाशिल सदस्यको विवाद समाधान हुन सकेन् त्यो पनि उहाँहरुले प्रष्ट पार्नु पर्लानी उनको प्रश्न थियो ।
२०७८ सालमा भएको १४ औं महाधिवेशनको म्याद आगमी मंसिर २७ गते सकिदैछ । तर पार्टी सभापतिले एक वर्ष थप गन सक्ने व्यवस्था छ , त्यसमा पनि कुनै अर्को विषम परिस्थिति सिर्जना भएको खण्डमा पुन ः ६ महिना म्याद थप गर्न सक्ने संवैधानिक व्यवस्था छ । परिस्थिति फरक नभएको खण्डमा आगमी फागुनमा निर्वाचत हुँदैछ । कांग्रेसले नियमितम महाधिवेशन गर्नका लागि पनि तीन महिना न्युनतम रुपमा आवश्यक पर्दछ । जसलाई हेर्दा माघभित्र महाधिवेशन हुन सक्छ तर, माघमा महाधिवेशन र फागुनमा निर्वाचनमा जाँदा त्यसले पार्टीभित्र असर गर्नसक्ने विषयमा पनि कांग्रेसभित्र बहस चलिरहेको छ ।
पार्टीभित्रको यि सबै विषयमा केन्द्रीय समिति बैठकमा छलफल हुने र एउटा गतिलो निकास निकाल्ने प्रवक्ता डा. प्रकाशशरण महतको भनाई रहेको छ । प्रवक्ता महतले भन्नभुयो,म हामन्त्री जीहरुसबै सभापतिले बिगार्नु भयो, हामी आएपछि सबै ठिक पाछौं भन्ने भाष्य निर्माण गर्न खोज्दै हुनुहुन्छ, त्यो गलत हो, हामी सबैले आफ्ना कमीकमजोरीलाई स्वमुल्यांकन गर्ने र पार्टीलाई नयाँ ढंगले अघि बढाउने कुरामा सबै एकमत हुनुपर्दछ तब मात्रै कांग्रेस बलियो हुन्छ