
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। बिहीबार दिउँसो १ बजे बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्।कांग्रेसका एक पदाधिकारीका अनुसार बैठक ललितपुरमा मा बस्ने बताइएको भएपनि कुन ठाउँमा भन्ने खुलाइएको छैन।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। उक्त बैठकअघि बैठकका एजेण्डाहरू तय गर्ने विषयमा बैठक बस्न लागेको हो।