
विदुर । नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा विशेष महाधिवेशनका लागि सुरु गरिएको हस्ताक्षर अभियान नुवाकोटमा पनि जारी राखिएको छ ।
महामन्त्रीद्धयको दावावकाबीच नुवाकोट जिल्लाका बहुमत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको नेपाली कांग्रेस नुवाकोटका एक नेताले नुवाकोट पुकारलाई जानकारी दिएका छन् । प्राप्त जानकारी अनुसार क्षेत्र नं १ मा १० जना र क्षेत्र नं २ मा २१ जनाले हस्ताक्षर गरेका छन् ।
नुवाकोट जिल्लामा महाधिवेशन प्रतिनधिहरुलाई हस्ताक्षर गराउनका लागि पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी पक्ष र यसअघि पार्टी सभापति शेरबहादुर देउवा निटक रहेका बहादुरसिंह लामा पक्ष सक्रिय रुपमा लागेका छन् । आफूलाई मुख्यमन्त्रीबाट हटाएपछि लामा सभापति देउावसँग रुष्ट बनेका छन् । कांग्रेस नेताहरुका अनुसार लामा आफैले धेरै महाधिवेशन प्रतिनिधिलाई फोन गरेर हस्ताक्षर गर्न दवाव दिएका छन् ।
बहादुरसिंह लामा पक्षका क्षेत्रीय अध्यक्ष जगतबहादुर लामाले जिल्लामा बसेर हस्ताक्षर अभियानको नेतृत्व गरिरहेका छन् । यस्तै पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीसहितका नेताहरुले पनि हस्ताक्षरका लागि अभियान सञ्चालन गरिरहेको कतिपय महाधिवेशन प्रतिनिधिहरुले बताएका छन् ।
५३ जना महाधिवेशन प्रतिनिधि रहेको नुवाकोटमा यो समाचार तयार पार्दासम्म ३१ जना भन्दा बढिले हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गर्नेहरुमा मुख्य रुपमा केसी पक्ष र लामा पक्षका बढी देखिएका छन् । हस्ताक्षर गर्नेहरुमा जगदीश्वरनरसिंह केसी, ,डा. केदारनरसिंह केसी,कृष्ण कुँइकलेल,पूर्व सांसद सिता मिजार,तरुण दलका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि सिंहराज लामा,धनसिंह लामाड., शान्तिमाया गुरुड. प्रकाश राई, गिता अमात्य लगायतका रहेका छन् ।
विदुर नगरपाकिलाका मेयर राजन श्रेष्ठले आज हस्ताक्षर गर्ने तयारी गरेको बुझिएको छ । यस्तै पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पनि विशेष महाधिवेशन गरेर पार्टीलाई नयाँ ढंगले अघि बढाउन नसके कोमा पुगेको पार्टीलाई घाटमा खोज्नुपर्ने अवस्था आउने बताए । केसीले नेतृत्वबाट नियमित महाधिवेशन गर्ने सम्भावना नदेखिएका कारण नै विशेष महाधिवेशनको माग गरिएको प्रष्ट पारेका छन् ।
पार्टी सभापति रमेश महतले आफूले हस्ताक्षर नगरेको तर पार्टीलाई नयाँ ढंगले अघि बढाउने कुरामा आफ्नो समर्थन रहेको बताए । सभापति महतले आफूहरु नियमित महाधिवेशनको पक्षमा रहेको विशेष महाधिवेशनको समय नभएको र यसले कांग्रेसलाई पुनरगर्ठनगर्न नसक्ने समेत दावी गरेका छन् । यद्यपि महतले नेतृत्वलाई सच्चिन दवाव दिनु सकारात्मक भएको प्रतिक्रिय दिए ।
हस्ताक्षर अभियानकर्ताहरुको दवावकाबीच पार्टींमा पूराना नेताहरु पूर्व जिल्ला सभापति धुर्व अधिकारी,चोकराज शाक्यसहित पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका डा. प्रकाशशरण महत निकटका क्षेत्रीय अध्यक्ष धुर्व श्रेष्ठ, अर्जुन न्यौपाने, विना बुढाथोकी, महत,बद्री मुडबरी, कल्पना नेपाली, पवित्रा पुडासैनी भट्ट,सरस्वती मल्ल श्रेष्ठ, रुक्मिणी सेढाई,श्यामराज पाण्डे लगायतकाले हस्ताक्षर गरेका छैनन् हस्ताक्षर नगरेका नेता चोकराज शाक्ले अहिले पार्टीलाई पुनर्गठन आवश्यक रहेपनि त्यसलाई नियमित महाधिवेशनमार्फत पूरा गर्नुपर्नेमा जोड दिनुभयो । अधिकारी आफू नियमित महाधिवेशनको पक्षमा रहेका बताए भने शाक्यले पनि नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए ।
यस्तै कांग्रेसका अर्का पुराना नेता हरिकृष्ण श्रेष्ठले पनि आफू नियमित महाधिवेशनका पक्षमा भएकाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर नगरेको बताए ।
यस्तै पार्टीका युवा महाधिवेशन प्रतिनिधि बद्री प्रसाद मुडबरी, जयराम दाहाल, दिपक लामा,पवित्रा पुढासैनी,भट्टसहितका युवाहरुले विशेष महाधिवेशनले केन्द्रमा एउटा सभापति फेरिने बाहेक पार्टीलाई नयाँ ढंगले विकास गर्न नसकिने भन्दै नियमित महाधिवेशनमार्फत सिंगो कांग्रेसलाई तल्लोतहबाट नै पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छैनन् ।
नेपाली कांग्रेस पार्टीको विधान अनुसार पार्टीका ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रुपमा विशेष महाधिवेशनको माग गरेको खण्डमा त्यसको तीन मिहनाभित्र विशेष महाधिवशेन बोलाउनुपर्ने व्यवस्था रहेको छ । तर विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय नेतृत्व मात्रै परिवर्तन हुने र तल्लो तहमा कुनै सुधार हुने देखिदैन । त्यसैले पार्टीका अधिकांशले भने नियमित महाधिवेशनका लागि सिंगो पार्टी एकतावद्ध रुपमा तयार हुनुपर्नेमा जोड दिएका छन् ।
कांग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद भने यहि मंसिरमा सकिदैछ । तर केन्द्रीय समितिले निर्णय गरेर अर्को एक वर्ष थप गर्ने सक्ने र त्यसमा पनि अर्को ६ महिनाभित्र महाधिवेशन गर्न सकिने व्यवस्था भएकाले अझै डेड वर्ष कार्यकाल लम्ब्याउन सकिने अवस्था छ । त्यसो गर्दा पार्टी कमजोर हुने भन्दै महाधिवेशन समयमा नै गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने कुरामा भने कांग्रेसका शतप्रतिशत नेता कार्यकर्ता देखिएका छन्
पूर्व सभापति केसीले दिए यस्तो सुझाव
नेपाली कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंक केसीले भने यस्तो सुझाव दिएका छन्
नेपाली कांग्रेसको १५ औं नियमित महाधिवेशन यहि मङ्सिरको २४,२५ र २६ गते तोक्ने साथै केन्द्रीय समितीको म्याद थप नगर्ने । २।१४ औं महाधिवेशनमा रहेका क्रियाशिल सदस्यबाट मृत्यु भएका र अर्का पार्टीमा प्रवेश गरेका हरुलाई हटाएर सबै क्रियाशिल सदस्य नविकरण गर्ने र १५ औं महाधिवेशनको लागि मतदाता नामावली तयार गर्ने।

३।समयको अभाव रहेको खण्डमा वडा अधिवेशन र क्षेत्रीय अधिवेशन गर्ने र निर्वाचित महाधिवेशन प्रतिनिधि मार्फत केन्द्रिय महाधिवेशन गर्ने। ४।१५ औं महाधिवेशन गर्न अब बस्ने केन्द्रिय कार्यसमिति बैठकमा सर्बसम्मत निर्वाचन कमिटि गठन गर्ने र उक्त कमिटिले वडा देखि केन्द्र सम्म अधिवेशन गराउने साथै उक्त कमिटी पार्टीका सम्पुर्ण कामकारबाही समेत गर्न सक्ने अधिकार दिएर आदरणीय पार्टी सभापति ज्यु आफु सभापतिबाट बहिरगमन भयको घोसना गर्ने अभिभाबकिय भुमिकामा रहने ।