
२५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । निर्धारित समयभन्दा केही ढीला गरी सुरु भएको छलफलमा प्रवेश दाहाललगायतका जेनजी युवाहरु सहभागि छन् भने बाहिर केही युवाहरुले भित्र प्रवेश गर्न नपाएको भन्दै विरोध गरिरहेका छन् ।
आज राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूको उपस्थितिमा जेनजी प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधि पुगेपछि शीतल निवासमा वार्ता सुरु गरिएको हो ।बैठकमा सुरुमा १७ जना जेनजी प्रतिनिधि सहभागी हुने तय भए पनि संख्या बढेको छ । २० भन्दा बढी जेनजी बैठकमा सहभागी भएको एक जेनजी अगुवाले बताए । वार्तामा जेनजीका मागबारेमा छलफल हुनेछ ।