
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पदावधि सकिएका प्रतिनिधिलाई हस्ताक्षर गराएर विशेष महाधिवेशन नहुने बताउनु भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं १ ले राजधानीको दिलायो पार्टी प्यालेसमा आज शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले महामन्त्रीहरुले विशेष महाधिवेशनका लागि यति गतेभित्र हस्ताक्षर गर्न उर्दी जारी गर्नुले कांग्रेसलाई हित नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, महाधिवेशन प्रतिनिधिहरुको त म्याद नै सकिएको छ, अहिले केन्द्रीय समितिको मात्रै केही समय बाँकी छ, यस्तो अवस्थामा म्याद सकिएका प्रतिनिधिहरुलाइ ल्याउर नेतृत्व लिनेकुरा गरिरहनु भएको, जबबकी त्यहाँ त चार वर्ष अघिका साथीहरु हुनुहन्छ, अनि कसरी जेजनीको भावना अनुसार नेतृत्व परिवर्तन हुन्छत ? उहाँले छिटो भन्दा छिटो विधि प्रक्रिया पूरा गरेर पारदर्शीताकासाथ नियमित महाधिवेशन गर्ने कुरामा सबै एकमत रहेको भन्दै नेतृत्वलाई मात्रै दोष दिएर महामन्त्रीहरु उम्कन नकिल्ने दावी समेत गर्नुभयो उहाँले असोज २६ गतेबाट बस्ने केन्द्रीय समितिले एउटा निचोड निकाल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,कोही एक अमुक व्यक्ति आउँदैमा सुधार नहुने भन्दै केही साथीहरुलाई आजै अहिले नै चाहिएको छ, त्यसो गरेर कांग्रेसमा आमुल परिवर्तन हुन्छ त ?
उहाँले निर्वाचनप्रति सरकार गम्भीर नदेखिएको बताउनुभयो, उहाँले भन्नुभयो, यो सरकार गम्भीर देखिदैन, छलफलका लागि प्रधानमन्त्रीले आह्रवान गर्नुपर्नेमा राष्ट्पतिले छलफल बोलाउन पर्ने अवस्था आउनुले निर्वाचनको सुनिश्चिचता नभएको उल्लेख गर्नुभयो । डा. महत खुलेआम भदौं २४ गते तोडफोडमा संलग्नहरुले आफूले गरेको स्वीकार गर्दा समेत सरकारले उनीहरुलाई कारबाही गर्नुको सट्टा खुला छाडिरहेको बताउनुभयो । उहाँले आफूलाई समाजिक सञ्जालमार्फत देउवा आर्शिवाद पाएर नेता भएको आरोप लगाउने गरिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो ।
डा. महतले सरकार निर्वाचनको सुनिश्चितता गर्न नसेकाले कांग्रेसले संसद पुनस्र्थापना विकल्प पनि खुला राख्ने बताउनुभयो । पूर्व अर्थमन्त्री डा. महतले पार्टीका नेता कार्यर्तालाई उच्च आत्मबलकासाथ अगाढि बढ्न आग्रह समेत गर्नुभयो । डा. महतले आफू कुरा भन्दा काममा विश्वा गर्ने भएकाले काम गर्ने सिलसिलामा पार्टीका नेता कार्यकर्ताको कुरा सुन्न नसकेको हुन सक्ने भन्दै आफूले कुनै पनि नेता कार्यकर्तामाथि आग्रह पूर्वाग्रह राखेर व्यवहार नगरेको र नगर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अहिलेको आवश्यकता भनेको कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिनुभयो । डा. महतले सबैले आफ्ना कमीकमजोरी सुधार गरेर जान सकेको खण्डमा मात्रै पार्टीलाई बलियो बनाउन सकिनेमा जोड दिनुभएको थियो । उहाँले राजनीतिक पार्टीभित्र पनि धेरै कमी कमजोरी रहेको र तयसलाई सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफू अर्थमन्त्री हूँँदा सुशासनको पक्षमा धेरै काम गरेको दावी समेत गर्नुभयो, डा.महतले भन्नुभयो, कांग्रेस, एमालेलगायतका सबै पार्टीमा कमीकमजोरी छन्। सुशासन कायम गर्र्न सवालमा , त्यसलाई अब सुधार गरेर जाने हो, म अर्थमन्त्री हूँदा मैलै सुशासनका विरुद्धमा कुनै काम गरेको छ भने कसैले भन्न सक्छ, मैले सुशानिविरुद्ध हुने कुनै काम गरिन ।उहाँले देश र जनता र लोकतन्त्रलार्य जोगाउने पार्टी कांग्रेस मात्रै भएको दावी समेत गर्नुभयो ।
नेपाली कांग्रेस क्षेत्र नं १ का का सभापति धुर्व श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका जिल्ला तहका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेख सहभागिता रहेको थियो ।