
oplus_0
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ७स्थित महादेवफाँटमा हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका विषयमा राजधानीमा अन्तर्रक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
चर्चित भागवत कथा वाचिका राधिका दासीको मुखारविन्दबाट आउँदो कात्तिकको १९ गतेदेखि कात्तिक २५ गतेसम्म हुने महायज्ञका विषयमा नुवाकोटबाट राजधानीमा बसोबासगर्नेहरुबीच अन्तर्रक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
राजधानीको बालाजु माछापोखरीस्थित नार्जाजुन पार्टी प्यालेसमा आयोजित अन्तर्रक्रिया कार्यक्रममा सहभागिहरुले कार्यक्रम सफल बनाउन सबैले आआफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता जनाएका छन् ।
स्थानीय भिमेश्वर सामुदायिक संस्थाको आयोजनामा रातमाटेमा सामुदायिक अस्पताल निर्माणका महायज्ञ आयोजना गर्न लागिएको भन्दै संस्थाका अध्यक्ष दामोदर नेपालले त्रिदेशिय मार्गका रुपमा रहेको गल्छी – त्रिशूली सडकमा दुर्घटना धेरै हुँदै आएको तर त्यस आसपासमा अस्पताल समेत नभएकाले आफूहरुले सो स्थानमा सामुदायिक अस्पतालको परिकल्पना गरेको भन्दै सबैको साथ र सहयोग भए अस्पताल निर्माणको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपालले गाउँ गाउँ वृद्ध बा आमा मात्रै रहने गरेको भन्दै सो भेगमा अस्पताल निर्माण गर्न सकेको खण्डमा विदेशमा बस्ने छोराछोरीहरुले फोनका भरमा पनि उपचार गराउन सक्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले महायज्ञबाट अस्पताल निर्माणको योजना पूरा नहुने भन्दै यो सुरुवात भएको र सबैको साथ र सहयोथ भए अस्पताल सञ्चालन गर्न सकिने विश्वास पनि व्यक्त गर्नुभयो ।
अन्तर्रक्रिया कार्यक्रममा नुवाकोटको बेलकोटगढी,तारकेश्वर र विदुर लगायतबाट राजधानीमा बसोबास गर्नेहरुको सहभागिता रहेको थियो । अन्तर्रक्रिया कार्यक्रममा स्थानीय समाजसेवी , हेमनिधी नेपाल, रामचन्द्र नेपाल,पत्रकार शुकदेव दाहाल, प्रकाश पुडासैनी, दिपक घिमिरे, स्थानीय समाजसेवी प्रल्हाद दाहाल, हरि अधिकारी, लुमडी नेपाल,विश्वजित भण्डारी, चोकराज पुढासैनी, बैकुण्ठ नेपाल,रामहरि नेपाल, रामप्रसाद नेपाल शविप्रसाद अधिकारी,सर्वजित भण्डारी,शिवराम नेपाल,अनिशा पौडेल,जानुका अधिकारी,रामचन्द्र गजुरेलजलगायतका व्यक्तित्वहरुले अस्पताल निर्माणको पवित्र उदेश्य लिएर आयोजजित महायज्ञका लागि जनस्थरबाट साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
आयोजकहरुले अन्तर्रक्रिया कार्यक्रममा महायज्ञबाट उेठका एक एक रकमको हिसाब किताब दैनिक रुपमा सार्वजनिक गर्ने र एकहजार माथिका कारोबार बैकिड. प्रणालीमार्फत हुने भन्दै आर्थिक कुराको पारदर्शीताका विषयमा शंका नगर्न आग्रह गरेका थिए ।