
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक दुई दिन पछि सरेको छ । यसअघि भोलि २६ गतेका लागि बैठक तय गरिएको थियो ।
आज बसेको कार्यसम्पादन परामर्श समितिको आजको बैठकले पार्टीभित्र गम्भीर रुपमा छलफल आवश्यक रहेको निश्कर्षकासाथ केन्द्रीय समितिको बैठक असोज २८ गते बस्ने तय भएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, पार्टीको १५ औं महाधिवेशन कसरी विधिसम्वतएवं पारदर्शी रुपमा छाटो समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा पार्टीको कार्यसम्पादन परामर्श समितिको बैठकमा घनिभुत छलफल भयो, तर निश्कर्ष आउन सकेन र अझै दुई दिन छलफल गरेर केन्द्रीय समिति बैठक एकमतकासाथ सम्पन्न गर्नका लागि दुई दिन बैठक सारेका हौं ।
उहाँले कांग्रेसले संसद विघटन असैवैधानिक भएको निर्णय गरिसकेकाले संसद पुनस्र्थापनको विकल्प अघि सारेको पनि बताउनुभयो ।