
फाइल तस्बिर
ककनी । राधानीको फोहोर विर्सजन गर्ने स्थान सिसडोल जाने गाडीसँग ककनी गाउँपालिकाले रकम लिने भएको छ । गाउँसभाले पारित गरेअनुसार गाउँपालिकाले फोहोर बोकेर बञ्चरेडाँडा जाने प्रत्येक ठुला गाडीसँग साउन १ गतेदेखि रकम लिने निर्णय गरेको छ।
गाउँपालिका अध्यक्ष अध्यक्ष सुमन तामाड.(सज्जन)ले नुवाकोट पुकार डटकमलाई जानकारी दिनुभए अनुसार प्रत्येक ठुला गाडीसँग १५ सय र साना गाडीसँग एक हजार लिने निर्णय भएको छ . उक्त निर्णय असार ९ गते बसेको गाउँसभाबाट नै पारित गरिएको होे । काठमाडौ महानगरपालिका , ललितपुर उपमहानगरपालिकासहित अन्य १६ नगरपालिकाबाट निस्कने फोहोर ककनी र धुनीवेशी र नगरपालिकाको दोभानमा रहेको बञ्चरेडाँडामा बिर्सन गर्ने गरिएको छ ।
जापान सरकारको सहयोगमा बञ्चरेडाँडामा निर्माण गरिएको स्थान अझै व्यवस्थित नभएको भन्दै गाउँपालिकाले फोहोर विर्सजनमा पनि कडाई गर्ने तयारी गरेको । फोहोरबाट प्रभावित धुनीवेशी नगरपालिका र बेलकोटगढी नगरपालिकाले पनि यसबारे संयुक्त धाराणा बनाउने तयारी गरे छन् ।
यसअघि उनीहरुले संयुक्त आन्दोलनको घोषाणा समेत गरेका थिए । ककनी गाउँपालिकाका अनुसार हरेक दिन राजधानीबाट फोहोर बोकेर १ सय ७० देखि १ सय ८० वटासम्म गाडी बञ्चरेडाँडा पुग्ने गरेका छन् । शनिबार भने यो संख्या केही कम हुने पालिकाले जनाएको छ । महानगरपालिका तथा नगरपालिकाहरुले विभिन्न सरसफाई कम्पनीहरुसँग सम्झौता गरेर फोहोर संकलन गराउदै आइरहेको छ । मनागरपालिका र नगरपालिकासँग सम्झौता गरेका कम्पनीहरुले भने आफूहरुले रकम बुझाउन नसक्ने बताउँदै आएका छन् ।
फोहोरका कारण विशेष गरेर ककनी गाउँपालिकाको केही वडाहरु अति नै प्रभावित भएको भन्दै विकल्प खोज्नका लागि स्थानीयले बारम्बार काठमाडौ महानगरपालिका र नेपाल सरकारको ध्यानाककर्षण गराएको भएपनि त्यसको सुनुवाई भएको छैन । स्थानीयहरुले पनि आन्दोलन गर्ने,महानगरले सम्झौता गर्ने परम्परागत जस्तै भएको छ ।
तर स्थानीयको समस्या भने उस्तै छ । नेपाल सरकारले २ वर्षका लागि भनेर सम्झौता गरेर सिसडोलमा विगत १५ देखि फोहोर बिर्सन गर्दै आएको छ । जसको प्रत्यक्ष प्रभाव स्थानीयमा परेको छ । पछिल्लो समय त बर्षातका कारण बाटो समेत अलपत्र अवस्थामा छ । फोहोर बोेकेर जाने गाडीहरु बाटोमा फस्ने अवस्था छ ।मुलुकको राजधानी जस्तो संवेदनशील ठाउँको फोहोर विर्सजन गर्ने स्थानको यो अवस्था देख्दा सरकार र महानगरपालिकाहरुलाई समेत गिज्याईरहेको देखिन्छ