कांग्रेसको संस्थापनइतर समूहले साउनभित्र राष्ट्रिय भेला गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २४, बुधबार २१:०७

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी साउनभित्र राष्ट्रिय भेला गर्ने भएको छ ।

बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको संस्थापनइतर पक्षको बैठकपछि नेता मीन विश्वकर्माले उक्त जानकारी दिए । उनले राष्ट्रिय भेला बीपी स्मृति दिवसको अवसर पारेर साउन ६ गते गर्ने सैद्दान्तिक सहमति भएको बताए ।

मौसमको अवस्था हेरेर भेलाको समय तलमाथि भए पनि साउनभित्र गरिसक्ने उनको भनाइ छ ।

बुधबारको बैठकमा १९ जना नेताहरूले धारणा राखेको जानकारी दिँदै उनले अधिकांशले पार्टी एकतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिएको बताए । बैठकमा मुलुकको समग्र राजनीतिक अवस्थाबारे पनि छलफल भएको उनको भनाइ छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *