
पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत
काठमाडौं । मेडिकल व्यापाबाट सम्पत्ति कमाएपछि राजनीतिमा प्रवेश गरेका नोबेल मेडिकल कजेलका मालिक तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माले अर्थमन्त्रीप्रति व्यक्त गरेको प्रतिक्रियालाई लिएर नेपाली कांग्रेसभित्र चर्कै रुपमा बहस भैरहेको छ । त्रिभुवन विमानस्थलबाट एकसय क्वीटल सुन बाहिरिएको विषयमा शर्माले अर्थमन्त्री डा. महत गृहमन्त्री नारायण काजी श्रेष्ठको नाम दिँदै राजीनमा गर्नुपर्ने भन्दै संसदमा चर्को रुपमा भाषण गरेपछि उक्त विषयलाई लिएर नेपाली कांग्रेसमा शर्माको शर्माप्रति चर्को आलोचना समेत भएको छ ।
सामान्य मानिसले समेत बोल्न नसुहाउने शब्द प्रयोग गरेर अर्थमन्त्री महतलाई गाली गरेको विषयमा कांग्रेसीहरुले उनको चर्को आलोचना गरेका छन् । उनले किन महतप्रति यति धेरै कटाक्ष गरे भन्ने विषयमा अर्थमन्त्री डा. प्रकाशरण महतले बुधबार प्रतिक्रिया जनाउनु भएको छ । उहाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा बिमा वापतको रकम भनेकै दिन प्राप्त नगरेकाले भड्किएर बोलेको उल्लेख गर्नुभयो । मन्त्री महतले उनको अभिव्यक्ति अराजक भएको भन्दै त्यस विषयमा पार्टीमा छलफल हुने समेत बताउनुभयो ।
‘मन्त्री महतले भन्नु्भयो,उहाँको अस्पताल छ , बिमाको रकम आजै पाउनुपर्छ भन्ने थियो । त्यो कुरा बिमा बोर्डले निर्णय गर्छ ,तर उहालाई मैले रोकेको भन्ने लागेछ क्यारे त्यहि भएर मेरा विरुद्ध खनिनु भएको हो । मन्त्री महतले नुवाकोट पुकारसँग कुराकानी गर्दै भन्नुभयो, उहाको बोली मलार्य भन्दा भोलिका दिनमा उहा आफैलाई अभिसाप हुनेछ । नोबेल मेडिकल कलेजसहित राजधानीमा जोरपार्टीमा रहेको मेकिडल कलेज पनि शर्माको स्वामित्वमा रहेको छ । पैसाको आडमा राजनीति गर्दै आएका उनी यसपटक मोरड. २ बाट निर्वाचित भएका हुन ।
उनले नेपाल सरकारले लागू गरेको स्वास्थ्य विमाका लागि आफ्नो अस्पताल र आफू निकटका अरु अस्पतालहरुलाई पनि कोटा उपलब्ध गराउनका लागि तत्कालिन सरकारका समयमा नै लबिड. गरेको तर त्यतिबेला सफल नभएपछि अहिले कांग्रेस सरकारमा रहेका बेला त्यसलाई मिलाउन प्रयास गरेको स्रोतले बताएको छ । उनले आफ्नो स्वार्थ पूरा नभएका कारण मन्त्रीका विरुद्ध विना प्रमाण बोलेका कांग्रेसीहरुले बताएका छन् । स्मरणीय छ, कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टीका नेताहरुविरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिनेलाई कारबाही गर्ने निर्णय हिजोको केन्द्रीय समितिको बैठकले गरेको छ ।
उनको अभिव्यक्तिलाई लिएर कांग्रेस नेता दिपक लामाले सामाजिक सञ्जालमा लेखेका छन्, नेपाल विद्यार्थी संघ बाट महामन्त्री हुँदै, ४६ को आन्दोलन, नेकाको आर्थिक समिति, पार्टीमा निरन्तर लगाव विभिन्न जिम्मेवार सहित समितिमा कार्य गरेको, अन्तरिम प्रतिनिधि सभा सदस्य, शान्ति समिति सदस्य, वार्ता टोली सदस्य, राज्य पुनर्संरचना का विभिन्न समिति सदस्य, संविधान ड्राफ्ट कमिटी सदस्य, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री सल्लाहकार, पररास्ट्र राज्य मंत्री, ऊर्जा मन्त्री हुँदै हाल अर्थ मन्त्री,अर्थशास्त्रमा Southern Illinois university, US बाट पीएचडी गरेका व्यक्ति असक्षम हुन? चुनाव लडेकै हुन त, चुनाव जित्ने र हार्ने भइ नै हाल्छ! गुट भित्रको उपगुटको सिकार बनेका इमान्दार डा प्रकाश शरण महत पार्टी सभापति शेर बहादुर देउवा को नजिक भएकै कारण प्रवक्ता, सल्लाहकार र जिम्मेवार पाएका हुन यो नौलो होइन जसलाई विश्वास लाग्छ उसलाई नै जिम्मेवारी दिने हो तर उनी सभापतिको भाई, भतिजा, साला,जेठान कोही होइनन्,समानुपातिकमा मात्र भन्ने हरुलाई एउटा प्रश्न मेडिकल कलेजका साहु, स्कूल का साहु, चाउचाउका साहु, सुन साहु, प्लटिङ साहु भन्दा त निरन्तर पार्टीमा लागिरहने नै उपयुक्त होला नि त, अझ भगौटा मेडिकल साहु हरुको रोदन खपिनसक्नु छ !