
विदुर । नुवाकोट जिल्लामा रहेका लेखकहरुको जिल्ला अधिवेशनले पमिला दाहाल(परी)को अध्यक्षमा लेखक संघ नुवाकोटको नेतृत्व चयन गरेको छ । मंगलबार बट्टार क्याम्पसमा भएको प्रथम अधिवेशनले उपाध्यक्षमा दिपक तिवारी,कोषाध्यक्षमा गणेश प्रसाद पाण्डे,सचिवमा श्याम प्रसाद पाण्डे,सह–सचिव भगवती घिमिरेलाई चयन गरिएको छ ।
यस्तै सदस्यहरुमा मुकुन्द अर्याल,बिष्णु चालिसे ,ओमकारेश्वर सापकोटा,सुकुमान डंगोल,प्रकाश सडौला र रामप्रसाद दाहाललाई चयन गरेको जनाइएको छ । यसअघि भएको कार्यक्रममा बट्टार क्क्याम्पसमा प्रमुख नायारणमान डंगोल, नेपाल तरुण दलका केन्द्रीय सदस्य जयराम दाहालसहित लेखक साहित्यकारहरुले लेखक संघका विषयमा आ आफ्नो धारणा राखेका थिए ।