सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १२, मंगलवार ११:४८

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ।


अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।


त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ प्रतितोला कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *