|
२०८३ श्रावण १२, मंगलवार १३:०२
काठमाडौं । काठमाडौंमा तास खेलिरहेको अवस्थामा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२६, गोंगबु मित्रनगरका ५३ वर्षीय विष्णु राईलगायत व्यक्तिहरू छन् ।
राईले आफ्नै घरमा सञ्चालन गरेको खोटाङ गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा सोमबार (साउन ११) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख २७ हजार ८२० रुपैयाँ र १० बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्