तनाव बढेपछि जनकपुरमा साढे ३ बजेदेखि कर्फ्यु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १४, बिहीबार १५:००


काठमाडौँ । दुई समुदायबीचको तनाव बढेपछि धनुषाको जनकपुरधामको सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।


धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको हो। जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यु लगाउने निर्णय गरेको उनले बताए।
यसैगरी, सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।


जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भंग हुन सक्ने अवस्था देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।


प्रशासनले सम्भावित अप्रिय घटना रोक्न तथा सार्वजनिक शान्ति र सुरक्षाको अवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ। कर्फ्यु अवधिमा अत्यावश्यकबाहेकका गतिविधिमा प्रतिबन्ध लगाइएकाे छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *