
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरुलाकाबीच सर्वदलीय बैठक आह्रवान गर्नुभएको छ । लामो समयदेखि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानविन समितिको गठनको माग राख्दै संसद अवरुद्ध गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संसद खुलाउनका लागि सक्रियता जनाउनु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पौडेलले दिनुभएको जानकारी अनुसार आज अपराह्रन राष्ट्रपति कार्यालयमा बैठक आह्रवान गरिएको छ । बैठकका लागि संसदमा प्रतिनिधित्व गरेका दलहरुलाई बोलाइएको पौडेलले नुवाकोट पुकारडटकमलाई जानकारी दिनुभयो । यस अघि हिजो अबेररातिसम्म बसेको प्रमुख दलहरुको बैठकले संसद खुलाउन सहमति गरिसकेका छन् । दलहरुले समितिमार्फत सहमतिको डा्फ तयार गर्नेछन् ।सहमति भएको खण्डमा आजैबाट संसद खुलाउने तयारी समेत गरिएको