
फाइल तस्बिर
विदुर । मुलुकभरका सरकारही अस्पताल मध्ये उत्कृष्ट अस्पतालको रुपमा रहेको नुवाकोट जिल्लामा रहेको त्रिशुली अस्पतालको प्रसुती सेवा बन्द गर्नेअस्पताल प्रशासनको निर्णयप्रति चौतर्फी रुपमा आलोचना भएको छ । नुवाकोट जिल्लामा सरकारी रुपमा एक मात्र प्रस्त्ती सेवा प्रवाह गर्दै आइरहेको त्रिशुली अस्पतालले केही समयका लागि उक्त सेवा बन्द भएको निर्णय सार्वजनिक गरेपछि सर्वसधारणदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले त्यसको विरोध गरेका छन् ।
सर्वसधारणको आलोचना खेपिरहेको त्रिशली अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले भने आफूहरुले नचाहाँदा नचाहँदै सेवा बन्द गर्नु परेको प्रस्टिकरण दिएका छन् । नुवाकोट पुकार डटकमसँग कुराकानी गर्दै अध्यक्ष पण्डितले मन्त्रालयसँग असार १३ गते विज्ञापनका लागि स्वीकृत लिएर असार १५ गते १५ दिनको म्याद राखेर विभिन्न चार तहमा चिकित्सकका लागि विज्ञापन गर्दा समेत उक्त सेवाका लागि भने कसैको पनि दरखास्त नपरेका कारण साउन ३० गतेबाट केही दिनको लागि सेवा बन्द गर्नुपर्ने अवस्था भएको बताए ।
उनले अस्पतालका कार्यरत ग्यानोलोजिष्ट एक जनाको पनि छात्रवृत्तिको समय सकिएर गएकाले अस्पतालले सेवा दिन असमर्थ रहेकोप्रति आफू पनि दुःखी भएको भन्दै मन्त्रालयलाई सेवा बन्द भएको भनेर लिखित रुपमा पत्र पठाएको र पटक पटक ताकेता गर्दा पनि चिकित्सक नपठाएका कारण केही दिनका लागि सेवा अवद्ध भएको र आफू छिटो भन्दा छिटो सेवा प्रवाहका लागि लागि परिरहेको बताएका छन् c
गत साता त्रिशुली अस्पतालले स्त्री तथा प्रसुति सेवा बन्द गरिएको जानकारी सार्वजनिक गरेको थियो । नुवाकोट जिल्लामा त्रिशुली अस्पतालमा सबैभन्दा धेरै बिरामी आउने र अत्यावश्यक पर्ने सेवा नै प्रसुति सेवा भएपनि यसलाई सुचारु नहुँदा आम सर्वसाधारण भने मर्काका परेका छन् । बागमती प्रदेश अन्र्तरगत रहेको उक्त अस्पतामा चिकित्सक पठाउने विषयमा मन्त्रालय गम्भीर रहेको मन्त्रालयका एक अधिकारीले नुवाकोट पुकार डटकमलाई बताए ।