काठमाडौं । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय समिति पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको स्वागतमा सहभागी हुने भएको छ।
क्षेत्र नं. १ का सभापति ध्रुव श्रेष्ठले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै देउवाको स्वागतमा सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
देउवा बुधबार दिउँसो १२ः२५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ। उनलाई कांग्रेस इतरपक्षका नेताहरूले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ।
यसैबीच, नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय समिति भने देउवाको स्वागत कार्यक्रममा सहभागी नहुने भएको छ। सभापति जगत तामाङले आफूहरु विमानस्थल जाने तयारी नभएको बताए ।
यद्यपि क्षेत्रीय समिति सहभागी नभए पनि उक्त क्षेत्रका नेता तथा कार्यकर्ताहरू व्यक्तिगत रूपमा भने स्वागत कार्यक्रममा सहभागी हुने बताइएको छ। २ बाट पूर्व जिल्ला सभापति धुर्व अधिकारी नेतृत्वको टाेली सहभागी हुने बताइएको छ ।
देउवाको स्वागतका लागि कांग्रेसभित्रका विभिन्न नेता तथा कार्यकर्ताहरू विमानस्थल पुग्ने तयारीमा छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्