
बेलकोटगढी ७ रातमाटेमा रहेको बहादेब बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा एघारौं वार्षिक उत्सव कार्यक्रमको उद्घाटन् पछि मन्तव्य राख्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा तस्बिर ः नुवाकोट पुकार डटकम
रातमाटे,बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेसको तर्फबाट निर्वाचन लडेपनि अब आफू अहिले सबै जनताको मन्त्री भएको बताउनु भएको छ । बेलकोटगढी ७ रातमाटेमा रहेको बहादेब बहुमुखी क्याम्पसको दोस्रो क्याम्पस सभा तथा एघारौं वार्षिक उत्सव कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री सिंहले कसले पैसा हाल्छ उसलाई प्रमुख अतिथि बनाउने कुरा आएको भन्दै आफू प्रमुख अतिथिका लागि काम गर्ने नभई काम गरेर देखाउने भएकाले कसले कस्तो अवस्थामा कार्यक्रममा बोलाउँछ भन्ने विषयमा चासो नराख्ने बताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका लामाले अहिले गाउँ गाउँमा विकासले गति लिएको बताउँदै विकासका लागि गूरु योजना बनाएर अघि बढ्न्पर्नेमा जोड दिनुभयो । उहाले नुवाकोट जिल्लामा देखिनेगरि विकास गर्ने बताउनुभयो । उहाले नुवाकोटको पहिचान नौ कोटको विकासका लागि पनि आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो । मन्त्री सिंहले सामुदायिक विद्यालयलाई राम्रो नगरेसम्म नेपालको शिक्षामा सुधार आउन नसक्ने बताउनुभयो ।
उहाले सामुदायिक विद्यालय सुधारमा अभिभावको पनि महत्वपूर्ण भूमिका रहने भन्दै कार्यक्रममा भन्नुभयो, बोडिड.मा पढ्ने विद्यार्थीलाई अभिभावकले नड. काट्ने, टाई गलाउने, टिफिन पठाउने गरिन्छ तर सामुदायिक विद्यालयमा पढाउँदा त्यो केही गरिदैन, त्यसले गर्दा पनि सामुदायिक विद्यालयले प्रगती गर्न सकेको छैन ।
उहाले उहाले विकासको मुख्य आधार भनेको जलविद्युत भएको भन्दै यसको विकास भए मुलुकले फड्को मार्ने बताउनुभयो । सांसद बन्नका लागि लागि परिरहेकाहरुलाई संकेत गर्दै भन्नुभयो, जबसम्म जनताले पत्याउँछन् तबसम्म काम गर्ने हो, काम गर्नेलाई नै जनताले विश्वास गर्दछन् , जनताले विश्वास गरेको मान्छे नै सांसद हुने हो । उहाले आफूले राजमार्गहरुमा पुल निर्माण गरेर पनि विकासको लागि काम गरेको स्मरण गराउनुभयो । उहाले नुवाकोट जिल्लाका लागि आफूहरुले अन्य जिल्लाहरुमा भन्दा बढि बजेट हालेको तर अझै बजेट परेन भनेर गुनासो आउने गरेको भन्दै त्यो भन्दा बढि बिडम्बना के हुनसक्छ भन्ने प्रश्न गर्नुभयो । मन्त्री सिंहले आफूले आफ्नो पार्टी वा अर्को पार्टी भनेर बजेट विनियोजनमा काखा पाखा नगरेको समेत दावी गर्नुभयो । उहाले भन्नुभयो, म जनताको प्रतिनिधि हु, सबैको पक्षमा काम गरिरहहेको छु र गर्नेछु ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा बेलकोटगढी नगरपालिकाका पूर्व मेयर राजेन्द्ररमण खनालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष रामेश्वर उपाध्याय, बेलकोटगढी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष भुवनेश्वर नेपाल, क्याम्पस प्रमुख शंकर नेपाल लगायतका वक्ताहरुले क्याम्पसको विकास र गुणस्तरीयतामा आ आफ्नो धारणा राख्नु भएको थियो