
केसीको सक्रियतामा बिरामीहरु कृष्ण माया राई र रिता ढुंगाना लाई डाक्टरको सिफारिस अनुसार नियमित अक्सिजन लगाउनु पर्ने भएकोले ले १–१ थान अक्सिजन कन्सन्टेटरसहित अन्य स्वास्थ सामाग्रीहरु स्वास्थ कार्यालय लाई हस्तान्तरण गरिदै,तस्बिर ः रामचन्द्र तिमिल्सिना
कुमरी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं २ मा रहेको आधारधुत स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसका नेता ,बरिष्ठ चिकित्सक तथा समाजसेवी डा. केदारनरसिंह कसी मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको थियो । केसीको सक्रियतामा बिरामीहरु कृष्ण माया राई र रिता ढुंगाना लाई डाक्टरको सिफारिस अनुसार नियमित अक्सिजन लगाउनु पर्ने भएकोले ले १–१ थान अक्सिजन कन्सन्टेटरसहित अन्य स्वास्थ सामाग्रीहरु स्वास्थ कार्यालय लाई हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा वडा अध्यक्ष तिमिल्सिनाले वडा –२ भित्र रहेका अति आवश्यक भएका व्यक्तिहरूका लागि हाल ८ वटा ’अक्सिजन कन्सनटेटर’ मेसिन सञ्चालनको लागी तयारी गरिएको जानकारी दिनुभयो । उहाँले हाल वडा भित्र रहेका बासिन्दाहरूलाई अक्सिजनको अति आवश्यक परेमा आफ्नो आवश्यकता अनुसार वडा बाटै ’अक्सिजन कन्सनटेटर’ मेसिन लिएर घरमै लगेर सेवा दिन शुरूवात गरिएको जानकारी दिनुभएको थियो ।
हाललाई १० लिटरका चार वटा मेसिनहरू रहेको , ५ लिटरका ४ वटा र अवस्यकता अनुसार ४ वटा ठुलो सिलिन्डर उपलब्ध गरिएको छ । यसबाटै सेवा सुचारु गरिए पनि आगामी दिनमा यस मेसिनलाई थपेर १० देखि १२ ओटा सम्म पुर्याउने तयारी रहेको तिमल्सिनाले जानकारी दिनुभयो । वडा अध्यक्ष तिमल्सिनाले, स्वास्थ्य मन्त्रालय अन्तर्रगतको स्वास्थ्य सेवा विभागबाट हाललाई ७ वटा ’अक्सिजन कन्सनटेटर’ मेसिन ल्याइएको र आगामी दिनमा यसलाई थप गरी विभिन्न सेवा सहित समावेश गरिने समेत बताउनुभयो ।

बेलकोटगढी वडा नं २ को विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै वरिष्ठ चिकित्सक डा. केदारनरसिंह केसी,तस्बिर ः रामचन्द्र तिमिल्सिना
वडाअध्यक्ष तिमल्सिनाले हाल आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा रहेको र जसमा चार जना कर्मचारी सहित हाल सञ्चालनमा रहेको सेवालाई अब आफ्नै भवनबाट सुचारु गर्न लागिएको समेत जानकारी दिनुभयो । साथै, उहाँले अत्याधुनिक आयुर्वेद औँषधालय पनि छिट्टै आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो । अस्पतालको उपचार पश्चात् बिरामीहरूलाई अक्सिजन आवश्यक पर्ने हुनाले यसको सहजताका लागि वडा भित्र रहेका बासिन्दाहरूलाई स्वास्थ्य सेवा दिन आवश्यक ठानेर यस्तो काम गरिएको वडाअध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।
उहाँले निकट भविष्यमा नै वडा बासिहरूलाई आधारभुत निशुल्क स्वास्थ्य सेवा सुचारु गरिने जानकारी दिनुभयो । अति आवश्यक पर्दा वडामै आएर समेत सेवा लिन सकिने तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा आगामी दिन मा जनता को सुखदुःख मा निरन्तर सहकार्य गरिने डा. केसीले बताउनु भयो । आयुर्वेदिक चिकित्सा मार्फत वडा कार्यलयसँग सहकार्य गरेर सक्दो आयुर्वेदिक औषधालयमा विभिन्न किसिमको रोगको उपचारका साथै अत्याधुनिक सेवा बिस्तार गर्न आयुर्वेद मेडिकल काउन्सिल का प्रमुख प्रसासकिय अधिकृत दिपक भण्डारीले सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । अवसरमा वडा नं २ का वडा अध्यक्ष रामचन्द्र तिमिल्सिना,आयुर्वेद मेडिकल काउन्सिलका प्रमुख प्रसासकिय अधिकृत दिपक भण्डारी , नेपाली कांग्रेस बेलकोटगढी नगर सभापति नलेखनाथ मुडभरी लगायत स्वास्थ कर्मचारी ,स्थानीयहरुको उपस्थिति रहेको थियो