
काठमाडौं। व्यवस्थापिका संसद अर्थात प्रतिनिधि सभाको बैठक आज बस्ने कार्यतालिका रहेको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची तय गएिकोे संघीय संसद सचिवालयले जनाएको छ ।
आजकै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची समेत रहेको छ । व्यवस्थापिका संसदको बैठकमा सांसदहरुले विभिन्न खाले भ्रष्टाचारका मुद्दादेखि अन्य धेरै विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । ति विषयहरुलाई सरकारका तर्फबाट प्रधानमन्त्रीले आज जवाफ दिने कार्यक्रम रहेको छ ।