
विदुर ।नुवाकोट जिल्लाकाे बेलकाेटगढी नगरपालिकाका उपमेयर तथा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव शिव दाहाललाई पृतिशाेक परेकाे छ ।नुवाकोट जिलिङ ८ घर भएका उपमेयर दाहाका पिता नारायण प्रसाद दाहालकाे ७६ वर्षकाे उमेरमा आफ्नै निवास जिलिङमा निधन भएको हाे ।
उहाको स्वास्थ्य अवस्था विग्रिएपछि उपचारका लागि केही समयअघि राजधानीकाे न्युराे अस्पतालमा भर्ना गरिएको थियाे । दुई हप्ता अस्पतालमा उपचारपछि चिकित्सकले सल्लाहमा घर लगिएको बताइएको छ ।स्वर्गीय दाहलका एक छाेरा र एक छाेरी रहेका छन् ।
यसैबीच नेपाली कांग्रेस नुवाकोटले पूर्व जिल्ला सचिव दाहाललाई परेकाे पितृशाेकप्रति दुःख व्यक्त गर्दै स्वर्गीय दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाेकसन्तप्त परिवार जनमा समवेदना प्रकट गरेकाे छ ।