
चालक सहचालकहरुको स्वास्थ्य परीक्षण शिविर,तस्बिर ः जिल्ला प्रहरी कार्यालय धादिड.
विदुर । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सुरुवात गरेको छ । चालक सहचालकहरुको स्वास्थ्य परीक्षण शिविरको निरन्तरता अन्तर्गत हिजो भदौ २८ गते जिल्ला धादिङ निलकण्ठ न पा ०३ पुछारबजार स्थितमा दोश्रो चरणको शिविर सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय धादिड.ले जारी गरेको प्रेसनोटमा जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सम्बद्द निकायहरुको समन्वय सहकार्यमा आयोजित उक्त कार्यक्रममा प्रजिअ बद्रीनाथ गैरे प्रउ गौतम मिश्रलगायत चिकित्सक, जनप्रतिनिधी, पत्रकार, यातायात व्यवसायी लगायतको उपस्थिती रहेको थियो। उक्त शिविरमा धादिङ जिल्ला सदरमुकाम भएर चल्ने ९० जना चालक सहचालक हरुको आखाको परीक्षण, ब्लड प्रेसर लगायत अन्य जनरल चेकजाँच गरि आवश्यक औषधि समेत वितरण गरिनुका साथै समस्या भएका चालकहरुको बारेमा सम्बन्धित यातायात समितिलाइ जानकारी समेत प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।