|
२०८३ भाद्र १६, मंगलवार ०४:४२
विदुर ।नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २० भन्दा बढी शव फेला परेका छन्। भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि पुरिएको घरबाट ठूलो संख्यामा शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शवको यकिन संख्या खुल्न बाँकी छ। स्थानीयका अनुसार केही शव निकालिए पनि करिब १६ वटा शव अझै घरभित्रै रहेको बताइएको छ।
फेला परेका शवको पहिचान हुन सकेको छैन। उनीहरू स्थानीय हुन् वा बाढीका कारण सुरक्षित स्थानको खोजीमा त्यहाँ पुगेका यात्रु हुन् भन्ने पनि यकिन भइसकेको छैन।
प्रतिकूल मौसम र रात परेकाले खोज तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ। बाँकी शव निकाल्न मंगलबार बिहानबाट पुनः खोजी तथा उद्धार कार्य अघि बढाइनेछ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्