काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौँमा गर्ने प्रस्ताव गरेको छ।
बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनसहित वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरिएको हो।
प्रस्तावित कार्यतालिकाअनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते तथा प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशन असोज २३ गते गर्ने उल्लेख छ।
त्यसैगरी जिल्ला अधिवेशन कात्तिक १५ गते र प्रदेश अधिवेशन मंसिर ४ गते गर्ने प्रस्ताव गरिएको छ। त्यसपछि मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि सारिएको हो।
संस्थापन इतर समूहले महाधिवेशनको तयारीलाई तीव्रता दिने उद्देश्यले विभिन्न तहका अधिवेशनको मिति समेत समेटेर कार्यतालिका प्रस्ताव गरेको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्